धरान/नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले चाडै तराई मधेश केन्द्रीत हुने बताएका छन् । Kp Oli 1 संविधान संसोधन विधेयक विरुद्ध राजधानीमा शुक्रबार गरिएको शक्ति प्रदर्शनमा उनले मधेशबाट कसैले पनि एमालेलाई ब्याण्ड बाजा बजाएर विदा गर्न नसक्ने बताउँदै अव एमाले मधेश केन्द्रीत हुने बताएका हुन् । ओलीले सभालाई सम्बोधन गर्ने क्रममा मधेशका पार्टीहरुले आफ्नो हैसियत नभुल्नको लागिसमेत चेतावनी दिएका छन् । एमालेले चाडै मधेशमा जनताबीच जागरण सभा लिएर जाने तयारी रहेको बताए । एमाले फागुनको दोस्रो सातापछि मेची महाकाली अभियान चलाउन लागेको बताउँदै उनले कसैले पनि एमालेलाई मधेशबाट अलग्याउन नसक्ने दाबी गरे । ‘हामी मधेश अभियान चलाउँदै छौं । कसैले पनि एमालेलाई अलग्याउने प्रयास नगरे हुन्छ ।’ उनले भने, ‘तराईको जनतामा देशभक्ति छैन भन्ने नठाने हुन्छ ।’ ओलीले अहिलेको संविधान संशोधन प्रस्ताव राष्ट्रको हित विपरीत रहेको भन्दै यसमा एमाले दत्तचित्त भएर असफल पारि छाड्ने बताए ।