धरान/राज्य पुनर्संरचनाको कार्यले राजनीतिलाई गाजिरहेका बेला अवको स्थानीय तह ७१९ वटा हुने गरी स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोग प्रतिवेदन तयार पारेको छ । rajya punrs यो प्रतिवेदन चाडै नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी भइरहेको छ । जहाँ महानगर ४ वटा र उपमहानगर १२ वटा रहेको प्रतिवेदन बुझाइदै छ । त्यस्तै२ सय ४१ नगरपालिका र ४ सय ६२ गाउँपालिका प्रस्ताव गरिएको आयोग स्रोतले जनाएको छ । काठमाडौं, ललितपुर, भक्तपुर र पोखरा महानगर बनाउन प्रस्ताव गरिएको बताइएको छ । आयोगको प्रतिवेदन अनुसार पूर्वको विराटनगर, इटहरी, धरान, र जनकपुरसहित हेटौंडा, गढिमाई सिम्रौनगढ, वीरगञ्ज, बुटवल, तुल्सीपुर, घोराही, नेपालगञ्ज र टिकापुर उपमहानगर बन्नेछन् । प्रधानमन्त्री प्रचण्डले समय नदिएको कारण आयोगले प्रतिवेदन बुझाउन सकेको थिएन् । उसले पुषको पहिलो साता नै प्रतिवेदन बुझाउने तयारी गरेको स्रोतले बताएको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले प्रतिवेदन बुझ्ने निर्णय गरिसकेको छ ।