Read croos Samapan Url 2073 (3)उर्लाबारी/सर्वसाधारणमा सचेतना पैmलाउने उद्देश्यले सञ्चालित सडक सुरक्षा सप्ताह शनिबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको मोरङ जिल्ला शाखाको आयोजना तथा रेडक्रसको उर्लाबारी उपशाखाको आतिथेय र ट्राफिक प्रहरीको प्राविधिक सहयोगमा सप्ताह सञ्चालन भएको हो । सप्ताहमा सचेतनामूलक ¥याली, विद्यार्थीहरुलाई सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उपायका बारेमा शिक्षा, ट्राफिक नियमको पालना, जेब्राक्रस निर्माण, प्राथमिक उपचारका किड्स वितरण, ‘सडक सुरक्षामा विद्यार्थीको भूमिका’ विषयमा वत्तृmत्वकला प्रतियोगिता लगायतका कार्यक्रम भएका थिए । सप्ताह समापनका अवसरमा शनिबार नै भएको वत्तृmत्वकला प्रतियोगितामा प्रथम हुने सप्तकोशी आमाविका संयोग अधिकारी, द्वितीय सुनगाभा आमाविका आयुष कार्की तथा तृतीय हुने सुनपकुवा माविकी पार्वती थापालाई समारोहका प्रमुख अतिथि प्रहरी प्रधान कार्यालय ट्राफिक प्रहरी महाशाखाका सइ राजेन्द्र भट्टले पुरस्कृत गरेका थिए । नेरेसो उर्लाबारीका सभापति मदनबाबु प्रसार्इंको अध्यक्षतामा भएको सो कार्यक्रममा नेरेसो केन्द्र प्राथमिक उपचार महाशाखाका प्रमुख कृष्ण घिमिरे, मोरङ शाखाका सभापति सुबोधकुमार सिंह, उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र थापा मगर, जिल्ला ट्राफिक कार्यालयका इन्स्पेक्टर धनप्रसाद सिवाकोटी, आयोजक संस्थाका निवर्तमान सभापति जितबहादुर खत्री, सल्लाहकार भोलामान श्रेष्ठ, सचिव लीलाराज प्रधानलगायतले वर्षेनी वृद्धि हुने सडक दुर्घटनाको न्यूनीकरण, ट्राफिक प्रहरीको सक्रियता र सङ्ख्यामा वृद्धिका लागि सबै क्षेत्रबाट पहल गर्न आवश्यक रहेको औंँल्याएका थिए । कार्यक्रममा नयाँ शक्ति पार्टीका नगर संयोजक भक्तिराम अधिकारीले नियम उल्लङ्घन तथा शिक्षा विषयमा ट्राफिक प्रहरीलाई लिखित सुझाव राखेका थिए । कार्यक्रममा नगरमा क्रियाशील राजनीतिक दल, नागरिक समाज, शिक्षाप्रेमी, प्रहरी प्रशासन तथा रेडक्रसकर्मीको सहभागीता थियो ।