tarakariधरान /अहिले फेसबुकमा सनसनी मच्चिएको नाम हो ‘तरकारीवाली’ । उनलाई अहिले सबैले ‘फेसबुककी प्यारी’ पनि भन्न थालेका छन् । सुरुमा ति तरकारीवाली को हुन् भनेर धेरैले खोजीनीती गरे,। नाम्लो लगाएर मिठो मुस्कानसहित दुई क्रेट गोलभेडा एउटै थाप्लोमा बोक्ने नेपाली कुसुम श्रेष्ठको फोटो अहिले सामाजीक सञ्जालमा भाइरलनै बनेको छ । उनको समाचार सम्प्रेशण गरेको एएटा चर्चित अनलाईनल दाबिका साथ लेखेको छ ‘ आजका दिनसम्म यो समाचार ३० हजार भन्दा बढि सेयर भएको छ । ’ परिवारकी एक्ली छोरी कुसुम १८ बर्षिकी छिन् । उनको घर गोरखा हो तर उनी चितवन बस्दै आएकी छिन् । तरकारीवाली कुसुमको फोटो फोटोग्रफर रुपचन्द्र महर्जनल खिचेका थिए ।