naka-765x510झापा /  सीमा क्षेत्रमा हुने अपराध रोक्न नेपाल र भारतका सुरक्षा अधिकारीले सामूहिक प्रतिबद्धता जनाएका छन् । लखनपुरस्थित सशस्त्र प्रहरी बल पाथीभरा गणमा भएको बैठकमा दुवै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा हुने सबै प्रकारका अपराध निस्तेज पर्दै पूर्वी नेपालको पहाडी जिल्ला र भारतको सिक्किम, गान्तोकसँग जोडिएको सिमानामा हुने आपराधिक क्रियाकलाप दुवै देशका सुरक्षा अधिकार सहमत भएका हुन् । बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल पूर्वञ्चलका प्रमुख प्रहरी नायब महानिरीक्षक सुरजकुमार श्रेष्ठ र गान्तोकका सीमा सुरक्षा बलका प्रमुख वन्दन सक्सेना लगायत सहभागी बैठकमा दुवै देशका सीमा क्षेत्रमा हुने अपराध रोक्न, नागरिकलाई आवतजावतमा समस्या हुन नदिन, मानव बेचविखन जस्तो जघन्य अपराध रोक्न सुरक्षा अधिकारीले खेल्न सक्ने भूमिकाका विषयमा छलफल भएको भएको प्रहरी बल पाथीभरा गणपति प्रेमराज पोखरेलले बताए । तराईका नाकामा कडाइ भएपछि पहाडी नाकाबाट यस्ता आपराधिक क्रियाकलाप हुने हुँदा सचेतना अपनाउन सबैलाई आग्रह गर्ने निर्णय पनि भएको छ । रासस