[caption id="attachment_3693" align="aligncenter" width="990"]anugaman File Photo[/caption]

नेपालीका ठूला चाडपर्व दशैँ, तिहार, छठलगायत नजिकिँदै छन् । आम उपभोक्ताले सरल र सहज रूपमा गुणस्तरीय वस्तु उपभोग गर्न पाउनुपर्छ । हरेक वस्तुको मूल्य र परिमाण उचित हुनुपर्छ । चाडपर्वमा कालोबजारी र नाफा कमाउन खोज्नेहरुले उपभोक्ताहरुलाई ठगी गर्न सक्ने हुँदा समयमै सरोकारवाला निकायले आफ्नो रणनीति तय गर्नुपर्छ । चाडपर्वमा बजारमा चहलपहल हुने गर्छ । बजारमा बिक्रीमा रहेका सामानको अधिकतम खुद्रा मूल्य टाँस भएको छ/छैन र प्रत्येक बिक्रीस्थलमा मूल्यसूची भए÷नभएको हेरेर अनुगमनद्वारा कडाइ गर्नुपर्छ । मूल्यपछि गुणस्तरीयताको विषय आउँछ । हरेक उपभोक्ताले खरिद गर्ने वस्तुको न्यूनतम गुणस्तरको प्रत्याभूति हुनैपर्छ । यसका लागि नेपाल गुणस्तर चिह्न वा सोसरहको अन्तर्राष्ट्रिय चिह्न प्राप्त वस्तु बजारमा बिक्री वितरण हुनुपर्ने सामान्य मान्यता हो । खाद्यान्न उत्पादन गर्नेले अनुज्ञापत्र लिनुपर्छ । बिक्रीस्थलमा राखिएको वस्तु कहिले उत्पादन भएको हो, कहिलेसम्ममा खपत गरिसक्नुपर्छ । सो वस्तु खपत गर्दा ध्यान पु¥याउनुपर्ने कुरा केके हुन् लगायत विषय कानूनसम्मत ढङ्गले सूची टाँस गरिएको हुनुपर्छ । चाडपर्वमा बिक्री हुने वस्तुमा मिसावट हुन सक्छ, यसमा सरोकारवाला निकायहरू चनाखो हुनुपर्छ । यस्तो समयमा तौलमा ठगी हुने सम्भावना बढी हुन्छ । यसर्थ लिटर, मिटर, तौलिने ढकको पनि अनुगमन हुनुपर्छ । सम्भव भएसम्म विद्युतीय र डिजिटल ढक–तराजुको प्रयोगलाई बढावा दिनुपर्छ । सबै पसलेले अनिवार्य रूपमा बिल जारी गर्ने प्रबन्ध गर्नुपर्छ । साथै, खुद्रा व्यापार सङ्घजस्ता निकायले आम उपभोक्ताको हितलाई ख्याल गरी सबै पसलमा साइनबोर्ड राख्ने, सो बोर्डमा प्रोप्राइटरको नाम र टेलिफोन नम्बर खुलाउन लगाउने तथा पसल खोल्ने र बन्द गर्ने समय टाँस गर्ने प्रबन्ध गर्नुपर्छ । यसैकारण हाम्रो बजारको बेथिति नियन्त्रण हुन सकेको छैन । बजारमा गुणस्तरहीन सामग्रीको बोलवाला छ । उपभोक्ता लुटिएका÷ठगिएका छन् । व्यापारी मोटाएका छन् । कारवाही भइहाल्दा पनि ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने भनाइ चरितार्थ भइरहेको छ । ठूलाठालु उम्कने र सानालाई सजाय हुने गरेको छ । यसरी कसरी बजार मूल्यमा एकरुपता आउला ? यहाँ वस्तुको मूल्य बढ्न खरिद मूल्यमा वृद्धि हुनु पर्दैन, न त करको दर र ढुवानी भाडा नै बढ्नुपर्छ । कृत्रिम अभाव र मिलोमतोमै अभाव सिर्जना गर्ने र मूल्य बढाउने प्रचलन छ । जब कि उपभोक्ता हितका नाममा खोलिएका बग्रेल्ती संस्थाले न कसैलाई दवाब दिन सक्छन्, न कसैलाई कारवाही नै गर्न सक्छन् । दुर्भाग्य त के छ भने उनीहरु सार्वजनिक कार्यक्रममा भने अतिथिको आसन ग्रहण नगराउँदा ठुस्स पर्छन् । सरकारको ध्यान अब त्यस्ता क्षेत्रतर्पm पुग्नुपर्छ । बदमासी गर्नेहरूलाई कालोबजारी तथा उपभोक्ता हित संरक्षणसम्बन्धी ऐनअन्तर्गत कारवाही गर्ने अभियान चलाउनु आजको आवश्यकता हो । हाम्रो बजारमा उपभोक्ताको अनुहार हेरेर मूल्य लिने प्रचलन छ । अनियन्त्रित महङ्गीले सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । चाडबाड नजिकिएपछि त बजारमा अराजकता झनै बढ्छ । बजार अनुगमन नियमित कार्य हो । यसका लागि सरकारी संयन्त्रको अभाव छैन तर हामीकहाँ चाडबाड नजिकिएपछि अनुगमनको चर्चा हुन्छ । उपभोक्ता सजग हुन थालेकाले बेलाबेला अनुगमनको हल्ला चलाइए पनि वास्तवमा अनुगमन भएकै हुँदैन । मौसमी अनुगमनले न बजारमा हुने कृत्रिम अभाव रोक्न सक्छ, न त मूल्यवृद्धि नै नियन्त्रण हुन्छ । त्यसैले पनि उनीहरूको माग नियमित अनुगमन हुनुपर्छ भन्ने होला । अनुगमनका क्रममा कुनै वस्तु उपयोगहीन भएमा अर्को वस्तुको बिक्रीबाट व्यापारीले नाफा कमाइहाल्छन् । त्यसको असर पर्ने भनेको सर्वसाधारणलाई नै हो । अनुगमन टोलीलाई त व्यापारीसँगको कारोबारले फाइदा नै होला । त्यसैले बजार अनुगमनलाई चाडमुखी होइन, सुधारमुखी र नियमित बनाउनु आवश्यक छ ।  बजारमा कुन वस्तुको मूल्य कति हो भन्ने समेत अन्योल सिर्जना भइरहेको र व्यापारीहरूले मनलाग्दी मूल्य असुल गरिरहेका छन् । यस्तो विषयमा अनुगमनलाई प्रभावकारी वनाउँनुपर्ने देखिन्छ । अनुगमन ग¥यौँ भनेर पुग्दैन, अनुगमनबाट उपभोक्तालाई के फाइदा पुग्यो भन्ने विषयमा अनुगमनकारी निकायले चासो दिएको छैन । बजारमा भइरहेको ब्रह्मलुटलाई केही सामान्य पसलहरुमा अनुगमन गरेर मात्र पुग्दैन । साना व्यापारीलाई तर्साउने र ठूला व्यापारीहरुसँग साँठगाठ गर्ने प्रवृत्ति नरोकिएसम्म बजारको अवस्था उस्तै हुन्छ । आक्कलझुक्कल मात्रै अनुगमन गर्ने, अनुगमन गर्ने निकायहरुबीच सहकार्य नहुने, एउटा निकायले अर्कोलाई दोषी देखाएर आप्mनो जिम्मेवारीबाट उम्कने जस्ता क्रियाकलाप भइरहेका छन् । बजारमा बिक्री गरिने खाद्यान्नहरुमा स्पष्ट मूल्य, तौल, गुणस्तर चिह्न, उत्पादन मिति, उत्पादकलगायतका कुराहरुमा ध्यान दिनैपर्छ । चाडपर्वमा सार्वजनिक यातायातको व्यवस्थापनमा पनि सरोकारवाला निकायहरू प्रभावकारी ढंगले अनुगमनमा निस्कनुपर्छ । मुलुकका मुख्यमुख्य शहर र आमयात्रु ओर्लिने तथा चढ्ने मुख्यमुख्य चोक वा नाकामा यात्रु सहायता कक्ष खडा गर्नुपर्छ । झुक्याएर बसको टिकट बिक्री गर्ने, पुराना र बिग्रिएका मोटर सञ्चालनमा ल्याउने, क्षमताभन्दा बढी यात्रु कोच्ने, लामो दुरीमा दुईवटा ड्राइभर नराख्ने, बसभित्र मादक पदार्थ सेवन गरेर यात्रुले नै बबाल मच्चाउने लगायतका हर्कत पूर्णतः निषेध गर्नुपर्छ । चाडपर्वको समयमा चोरी हुने घटना पनि बढी हुन्छ । मादक पदार्थ सेवन गरी आपसमा भैmझगडा गर्ने घटनाहरू हुने गरेका छन् । यात्रुको आउजाउ बढेपछि सुरक्षामा चुनौती थपिनु पनि स्वाभाविकै हो । यस्तो समयमा सवारी साधनको दुर्घटना पनि बढी नै हुने गर्छ । यी पक्षमा पनि विचार गर्नुपर्छ ।