बागलुङ/जिल्लामा क्रियाशील तीन शिक्षक सङ्गठनबीच एकता भएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, अखिल नेपाल शिक्षक सङ्गठन (विद्रोही) र नेपाल प्रगतिशील शिक्षक सङ्गठन एक भएका हुन् । शुक्रबार भएको एकता भेलाले मोहम्मद अजिज मियाँको संयोजकत्वमा १११ सदस्यीय एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । भेलाले चन्द्रदत्त रेग्मीलाई सचिवको जिम्वेवारी तोकेको छ । आगामी मङ्सीर २४ र २५ गते गलकोटमा जिल्ला सम्मेलन गर्ने निर्णय भएको सङ्गठनले जनाएको छ । भेलालाई सम्बोधन गर्दै सङ्गठनका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश नं ४ इञ्चार्ज थिरप्रसाद खनालले शिक्षा क्षेत्रमा भएका विकृति हटाउन सङ्गठनले पहल लिइरहेको बताए । रासस