भोजपुर/३७ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भोजपुरका अवकाश प्राप्त शिक्षक र एसएलसीमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी सम्मानित भएका छन् । जिल्ला शिक्षा कार्यालय भोजपुरको आयोजनामा भोजपुर सदरमुकाममा भएको कार्यक्रममा लामो समय शिक्षण पेसामा आबद्ध रहेर अवकाश प्राप्त माध्यमिक विद्यालयका ४० प्रधानाध्यापक र १७ जना शिक्षक–शिक्षिकालाई प्रमूख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बिहिबार सम्मान गरे । यसैगरी, २०७२ सालको एसएलसीमा संस्थागत विद्यालयबाट सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने सगरमाथा इङ्गलिस बोर्डिङ स्कुलका छात्र निरज प्रधान र छात्रा प्रतीक्षा बस्नेत तथा सामुदायिक विद्यालयका छात्रतर्फ सन्त मावि नेपालेडाँडाका प्रज्वल बस्नेत र छात्रातर्फ वीरेन्द्र उच्च मावि कुलुङकी सुलोचना बोगटीलार्ई नगद र प्रमाणपत्रले सम्मान गरिएको हो । यसैबीच, ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने मूलनाराका साथ भोजपुरका विभिन्न विद्यालयमा विद्यार्थीको बाक्लो उपस्थितिमा ¥यालीसमेत गरिएको थियो । -रासस