धरान/नेशनल मल्टिपल कलेजले शिक्षा संकायको स्नात्तक तहमा नयाँ विषय भित्रयाएको छ ।यसैवर्षदेखि कलेजले शिक्षा संकायको स्नात्तकमा आइटी विषय अध्यापन गराउने भएको हो । पछिल्लो समय सरकारले प्राविधिक विषय भित्रयाउने क्रममा यो विषय भित्रयाएसँगै नेशनलले धरानमा पहिलो पटक यो विषय ल्याएको हो । पूर्वाञ्चल युनिभरसिटीबाट सम्बन्धन लिएर सञ्चालन गर्न लागेको क्याम्पसले पहिलो वर्ष ४० जनाको कोटा छुट्याइएको छ । यो सँगै चारवर्षे विएड र चारवर्षे विविएससमेतका कक्षा सञ्चालन हुँदैछन् । धरानलाई शिक्षाको हव बनाउने उद्देश्यले यो शिक्षालाई व्यापकता प्रदान गर्नको लागि दलित, आदिवासी जनजाति, सिमान्तकृत वर्ग र क्षेत्र तथा भूकम्प पीडित, द्धन्द्धपीडित समुदायका विद्यार्थीहरुलाई विशेष छात्रवृतिकोसमेत प्रदान गरिन लागिएको क्याम्पस प्रमुख सागर भट्टराईले बताए । उनका अनुसार ७ जनालाई छात्रवृति प्रदान गरिने छ । यो अध्यापनको लागि एकलाख २५ हजार रुपैया खर्च लाग्ने कलेजका निर्देशक देव सुब्बाले बताए । बिहान र बेलुका गरी दुई सिफ्टमा अध्यापन गराइने उनले बताए । योसँगै विद्यँर्थीहरुको लागि एडभान्स डिप्लो सम्मको कम्प्युटर शिक्षा निःशुल्क व्यवस्था रहेको उनले बताए ।