धनकुटा/ पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशक केशवप्रसाद दाहालले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई लोकल र संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई ब्रोइलरको संज्ञा दिएका छन् ।

‘पाख्रीवास नगरको अभियान, पूर्ण साक्षरता हाम्रो शान’ भन्ने नारासहित शुक्रबार आयोजना गरिएको पाख्रीवास नगरपालिका साक्षर नगर घोषणा कार्यक्रमका प्रमुख अतिथि निर्देशक दाहालले यस्तो बताएका हुन् ।

pakhribas12

दाहालले लोकल कुखुरा र ब्रोइलर कुखुरामा हरेक क्रियाकलाप फरक भएजस्तो सामुदायिक विद्यालय र संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको हरेक व्यवहार र क्रियाकलापमा फरक आएको बताए । आज सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुले मुलुक थामीराखेको उनको दाबी थियो ।

कार्यक्रममा विशेष अतिथि जिल्ला शिक्षा अधिकारी कृष्ण पोखरेल, नेकपा माओवादी केन्द्रका नगर प्रतिनिधि कृष्णप्रसाद कटवाल, पाख्रीवास नगरवासी ज्ञानबहादुर गुरुङ लगायतले बोलेका थिए ।नगरपालिकाका कार्यकारी अधिकृत नारायण न्यौपानेको अध्यक्षतामा भएको पाख्रीवास नगर साक्षर घोषणा कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराई, अन्नपूर्ण मावि सान्नेका प्र.अ. मणिकुमार तामाङ, सङ्घीय लोकतान्त्रिक मञ्चका पूर्णमान लिम्बू, नेपाल नेत्रज्योति सङ्घ धनकुटा अध्यक्ष द्रोणप्रसाद गुरागार्इं, जालपादेवी उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर राई, नेपाली काङ्ग्रेसका कोपिन मानन्धर, एमालेका शान्तिराम गौतम, राप्रपाका कृष्णबहादुर थापा लगायतले बोलेका थिए ।

सो अवसरमा ०७२ सालको एसएलसी परीक्षामा पाख्रीवास नगर क्षेत्रका सामुदायिक विद्यालयहरुमध्ये सबैभन्दा उत्कृष्ट नम्बर ल्याउन सफल छात्र जालपा देवी उच्च माविका निश्चल राई, छात्रा राम मावि मुगाका अस्मिता राई र दलिततर्पm अमर मावि फलाटेका एमबहादुर दर्जीलाई जनही नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।कार्यक्रममा नगरपालिकाका इञ्जिनियर दीपक राईले स्वागत मन्तव्य राखेका थिए भने वडा सचिव ठगेन्द्र अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।