धरान/धरानका एक दम्पतिले आफ्नी छोरीको स्वीकृती संझनामा धरान १८ शिव मार्गमा फलामको फलैचा स्थापना गर्नुका साथै धरान ४ मा रहेको पुनस्थापना केन्द्रमा रहेका असाय हरुलाई खाना खुवाएका छन् ।

pic 1

अल्पायुमै मृत्यु भएकी स्वगिय रेश्मी धमलाको तेस्रो बार्षिक पुण्य तिथिमा उनका बुबा रमेश र आमा सरस्वती धमलाले बि. पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानको डेन्टल गेट शिवमार्गमा रहेका पब्लिक पार्कमा फलामको फलैचा स्थापना गर्नुका साथै धरान ४ स्थित पुनःस्थापन केन्द्रमा रहेका २३ जना असाहाय तथा अपाङ्ग बालबालिकालाई बिहानको खाजा सहित खाना समेत खुवाएका हुन् ।

छोरीको स्मृतिमा आगामी दिनहरुमा पनि अझ धेरै सामाजिक कार्य गर्ने वचन बद्धता बाबू आमाले ब्यक्त गर्नु भएको बिश्वकर्मा युवा समाजका अध्यक्ष युवराज शंकरले जानकारी दिए । समाज बिश्वकर्मा समुदायलाई सुखदुःख सबैमा सामाजिक कार्यमा प्रोत्साहन गराउने अभियान जारी रहने पनि संस्थाका अध्यक्ष शंकरले वताए ।