बेलबारी/जन्मिँदै अपाङ्ग मोरङ बेलबारी–४ लालभित्तीका ६ वर्षीय बालक जगत राउत सलको दाम्लोमाबाँधिएर बस्न बाध्य छन् ।बोली नआउने, घस्रेर हिँड्ने, देब्रे हात र खुट्टाले भर नदिने बालक उनको हजुरआमासँग बसेका छन् । बालककी आमा जुनु राउत गत मङ्सिर ५ गतेदेखि छोरालाई घरमै छाडेर सम्पर्कविहीन भएको हजुरआमा इन्दिरा राउतले बताइन् ।

bachha

बालक जथाभावी घस्रेर हिँड्ने, लड्ने र सवारी साधनले ठक्कर दिने जोखिम भएकोले उनलाई बाँधेर राखिएको उनले बताइन् । सुस्त मनस्थिति भएका कारण बालकलाई दिसापिसाबबाट जोगाउन पनि एकजना खटिरहनुपर्ने उनको भनाइ छ ।राउत परिवार अहिले डेरामा बस्दैआएको छ । उनीहरुको खास घर इलाम हो । उनीहरु बेलबारीको लोहोनी कित्तामा रहेको घरमा भाडामा बस्दैआएका थिए । बालकको समस्याका कारण अहिले लालभित्तीमा सरेका हुन् ।इन्दिराको जेठो छोरा काठमाडांैमा पेटपालो गर्छन् । कान्छा छोरा भर्खरै मोरङ सहकारी अस्पतालमा हेल्परको काम गर्न थालेका छन् । जगत कान्छाका छोरा हुन् ।

इन्दिराका पति मोरङ सहकारी अस्पतालको क्यान्टिनमा काम गर्थे । बिरामी भएपछि उनले त्यो काम पनि छाडिदिएका छन् ।बालकको अवस्था जीर्ण र स्वास्थ्य समस्या देखेपछि गाउँलेले उनीहरुलाई सहयोग गर्न थालेका छन् । अपाङ्ग बालकको स्वास्थ्य उपचारको लागि पहल गरिदिन राउत परिवारले पनि याचना गरेको छ ।