भद्रपुर/हिन्दु महिलाहरुको मुख्य चाड तीजको आगमनसगै भद्रपुरमा बृहत्त तीज महोत्सव सम्पन्न भएको छ । नेपाल महिला संघ क्षेत्रीय समिति क्षेत्र नम्बर २ र ३ झापाको संयुक्त आयोजनामा विविध सांकृतिक कार्यक्रम तथा ट्यालेन्ट शो सहित विषेश तीज महोत्सव सम्पन्न भएको हो ।कार्यक्रमलाई नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले विरुवामा पानी हालेर उद्घाटन गरेका थिए ।

20160827_141905

नेपालमा रहेका विभिन्न चाड पर्वलाई जोगाई राख्न आजको आवशयक्ता रहेको नेता सिटौलाले बताए । महिला लगायत सवैको सहयोगमा बृहत्त कार्यक्रको आयोजना गरेकोमा धन्यवाद दिएका थिए ।कार्यक्रममा ६० वर्ष देखि माथीका महिलाहरुको रुवाको वात्ती काट्ने खेलमा सहभागी मध्ये रुपरेखा ढकाल, तारा भुर्तेल र इश्वरा घिमिरेलाई पुरस्कृत गरिएको थियो । विभिन्न विद्यालयका विद्यार्थी, महिला समुहले एकल तथा सामुहिक नृत्य प्रस्तुत् गरेका थिए भने भद्रपुर ९ का महिला समुहले ‘बाँके बर्दिया’ भन्ने गीतको कमेडी नृत्य देखाई कार्यक्रमलाई आकर्षक बनाएका थिए ।

कार्यक्रमलाई आर्थिक सहयोग गर्ने टीकाराज ढकाल, दिपेश ढकाल, आँगन मसला उद्योग, मनषा सिमेन्ट उद्योग,मनोज सुब्बा,मञ्जु दाहाल,शुभद्रम महिला कृषि सहकारी संस्था लगायतलाई सम्मान गरिएको थियो । गायिका तारा ढकालले आप्mनो प्रकाशित एल्बम श्रीकृष्ण समर्पणममा समावेस भएको गीत समेत प्रस्तुत् गरेकी थिइन् ।

क्षेत्र नम्बर २ की अध्यक्ष उर्मिला गौतमको सभापतित्व एवं नेता सिटौललको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महिला समिति, महासमिति सदस्य,स्थानीय तथा क्षेत्रीय नेताहरुको सहभागिता रहेको थियो । महिला संघ भद्रपुर नगर समिति अध्यक्ष प्रमिला कोइरालाले स्वागत गरेको कार्यक्रममा महिला संघ ३ नम्बर क्षेत्रीय अध्यक्ष शर्मिला अधिकारीले सञ्चालन गरेकी थिइन् ।