knocking-doorधनकुटा / जिल्लाको महाभारत –४ की एक महिलामाथि दुव्र्यावहार गर्न खोज्ने स्थानिय एक युवालाई प्रहरीले पक्राउ गरि सार्वजानिक मुद्धा दायर गरेको छ । ओखलढुङ्गा स्थायी घर वताउने ३५ बर्षीय नगेन्द्र राईले गत वुधवार राती ३ वजे ती महिलाको घरमा पसी दुव्यवहार गर्ने प्रयास गरेका थिए । नराम्रो नियतले महिलाको घरमा मध्य राती पसी अभद्र व्यावहार गर्न खोजे पछि ती महिलाले प्रहरीमा खवर गरेकी थिईन । पक्राउ परेका राईले आफुले निज महिलामाथि अभद्र व्यावहार गरेको प्रहरीको वयानको क्रममा स्वीकारेका छन् । प्रहरीको वयानको क्रममा एकल महिलामाथि अभद्र व्यावहार गरेको स्वीकारे पछि शुक्रवार नै मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी विभस्तीराज पाण्डे जनाएको छ । राईका श्रीमान वैदेशिक रोजगारीमा गएका छन् । वुधवार रातीको घट्ना जस्तै पक्राउ परेका राईले यो भन्दा पहिले पनि स्थानिय महिलाहरु माथि अभद्र व्यावहार गरेको स्थानियले उजुरी गरेका थिए । उनकी श्रीमति भने बैदेशिक रोजगारमा गएकी स्थानियले बताए ।