[caption id="attachment_11627" align="alignnone" width="1024"]bus-acc- तस्विर श्रोत न्युज 24[/caption] धरान/करिब ४० जना यात्रु लिएर रौतहट सदरमुकाम गौरबाट पोखरातर्फ गइरहेको रात्री बस शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा २० जनाको मृत्यु भएको छ ।   अन्य यात्रुको उद्धारकार्य भईरहेको छ । १७ जना घाईतेलाई उद्धागरीएको प्रहरीले जनाएको छ । ग १ ख ३७०९ नम्बरको सो बस दुर्घटना भएको मध्यमाञ्चल प्रहरीले जनाएको छ । नारायाणगढ मुग्लिंग सडक खण्डको चण्डीभञ्ज्यांग–६ मा बस दुर्घटना भएको हो। मृतकहरुको सनाखत हुन सकेको छैन । त्रिसुली बस खसेका कारण उद्धारमा समस्या भएको छ । उद्धारकार्यमा प्रहरी,स्थानिय र ससस्त्र प्रहरी खटिएका छन् ।यसै बिच प्रधानमन्त्रि पुष्पकमल दाहालले दुर्घटनाका घाईतेहरुको तत्काल उद्धार गर्न प्रशासन र पार्टिपत्तिंलाई आग्रह गरेका छन् list