ताप्लेजुङ/केहिले बुबा आमाको स्मृतिमा पाटि चौतारो बनाउने गरेका छन् भने केहिले दान दक्षिणा दिएर आमा बुबालाई सम्झने गरे पनि ताप्लेजुङका एक परीवारले भने गाउँभरका ६२ दलित बृद्ध बृद्धालाई भेला परेरर लगाउने कपडा सहित सम्मान गरेको छ ।

Samman

ताप्लेजुङ चाक्सिबोटे गाविसका तारामान साम्सोहाङले उनका स्वर्गिय पिता भक्त बहादुर साम्सोहाङको स्मृतिमा बुधबार पचिस बृद्ध, अपाङ्ग दलित पुरुषलाई कमिज सुरुवाल र ३७ बृद्धा दलित महिलालाई चोलो सहित सम्मान गरेको सो गाविसका सचिव केसब गुरागाईले बताए ।

आफ्नै गाउँका दलित बृद्ध महिल पुरुषको अबस्था कम्जोर भएकाले बुबाको स्मृतिको दिन पार्दै कपडा वितरण सहित सम्मान गरेको तारामानले बताएका छन् ।