धरान/बढ्दो सहरीकरण र जलवायु परिवर्तनले धरान जस्ता सहरहरुमा निम्त्याउने जोखिम, दिगो पानी व्यवस्थापनका चुनौति र अवसरहरु विषयक प्रारम्भिक कार्यशाला गोष्ठी धरानमा सम्पन्न भएको छ । क्यानाडाको अन्तराष्ट्रिय विकास तथा अनुसन्धान केन्द्रको साझेदारी र नेपाल, भारत र अष्टे«लियाका अनुसन्धानकर्ताहरुको सहकार्यमा साउथ एशिया इन्स्टिच्युट अफ एड्भान्स स्टडिज (सियास) ले गोष्ठीको आयोजना गरेको हो । सहरीकरण र जलवायु परिवर्तनवाट हुने विभिन्न समस्याहरुको दीर्घकालीन उपायहरुको खोजी गर्न धरानको विभिन्न क्षेत्रको अध्ययन र अनुसन्धान गरी त्यसको आधारमा नीति निर्माण एवम् नीति कार्यान्वयनका निम्ति सम्ब्न्धित निकायलाई मद्दत पुर्याउने उद्देश्यले अनुसन्धान थालिएको सियासका कार्यकारी निर्देशक ङमिन्द्र दाहालले बताए । उनले नेपालको धरान र धुलिखेल दुई सहरमा करिव तीन वर्ष अनुसन्धान गरिने बताए । [caption id="attachment_8786" align="alignnone" width="695"]gosti फाईल तस्विर[/caption] गोष्ठीमा धरान उपमहानगरपालिकाका कार्यकारी निर्देशक टिकादत्त राई, धरान खानेपानी आयोजना अनुगमन समितिका संयोजक एवम् नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङ, गा.वि.स. महासंघका निवर्तमान अध्यक्ष तथा नेकपा एमालेका जिल्ला उपाध्यक्ष रमेश बस्नेत, धरान नगरपालिकाका पूर्व उपमेयर कृष्णनारायण पलिखे, पूर्वाञ्चल ईन्जिनियरिङ क्याम्पसका ईन्जिनयहरु जकबहादुर खड्का, काजीराम कार्की, नेपाल खानेपानी संस्थान धरानका इन्जिनियर रामकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका सम्फर तामाङ, महिला सञ्जाल धरानका अध्यक्ष शिला बज्रचार्य, इलाका वन कार्यलय धरानका प्रमुख ज्ञानकुमार लामा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे, नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापा, धरान खानेपानी व्यवस्थापनका सदस्यहरु आनन्द श्रेष्ठ र देवराज श्रेष्ठ, धरान नगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठ, आर्किटक्चर कुवेर श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य संघका उद्योग सचिव महेन्द्र प्रधान लगायत विभिन्न सरोकारवाला संघसंस्थाहरुको सहभागिता रहेको थियो । गोष्ठीमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । अनुसन्धानको क्रममा अनुसन्धानकर्ताहरुले धरानको पानी, पर्यावरण र जनजीविकाको सवालहरुलाई विभिन्न विधाहरुवाट अध्ययन गर्ने, समस्या पहिचान गर्ने र निवारणका उपायहरु खोज्ने हुंदा धरानवासीको लागि यो अनुसन्धानवाट महत्वपूर्ण सहयोग पुग्ने कांग्रेस सुनसरी सचिव एवम् धरान खानेपानी आयोजना अनुगमन समिति संयोजक सुजेन्द्र तामाङले बताए ।