धरान / पूर्बाञ्चल इञ्जिनियरिङ क्याम्पस धरान अन्तर्गतकाे सिभिल इञ्जिनियरिङ विद्रार्थी समाजले सिभिल इञ्जिनियरिङ भ्वाइसकाे भाेल्युम–२ बजारमा ल्याएका छन् । मङ्गलबार धरानमा एक कार्यक्रम गर्दै समाजले पत्रिका विमाेचन गरेकाे हाे । धरान उपमहानगरपालिका याेजना शाखाका बरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले विमाेचन गरेका छन् । प्रशान्त अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा क्याम्पस प्रमुख जितेन्द्र चाैधरीसहित विभिन्न संकायका प्राध्यापकहरू सहभागी रहेका थिए । यसैबीच तेस्राे वर्षका विद्रार्थीहरूले चाैथाे ब्याजका विद्रार्थीहरूलार्इ विदाइसमेत गरेका  थिए । विद्रार्थीहरूलार्इ विभिन्न अवार्डलेसमेत सम्मानित गरिएकाे थियाे । त्यस्तै विभिन्न गीत तथा गजलसमेत बाचन गर्दै कार्यक्रमलार्इ मनाेरञ्जनसमेत प्रदान गरिएकाे थियाे । bimochan पुस्तक विमाेचन गर्दै धरान उपमहानगर याेजना शाखा प्रमुख इञ्जिनियर सुरज श्रेष्ठसहित शिक्षक विद्रार्थी । तस्बिरः भाेजराज श्रेष्ठ