विजयपुर/सुनाखरी एकेडेमी धरान–१२को प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन ब्लाष्ट टाईम्स दैनिकका प्रधानसम्पादक राजकुमार कार्किले गरेका थिए । साधारणसभामा बोल्दै प्रमुख अतिथी कार्किले धरानलाई शैक्षिक पर्यटनको केन्द्रको रुपमा बिकाश गर्न सुनाखरीले अझ सशक्त भुमिका खेल्नुपर्ने बताए । बिद्यालय स्तरमा दिइएको असल शिक्षाले नै भबिष्यको जनशक्ति निर्माण हुने बताउदै उनले सुनाखरीले त्यसलाई आत्मासथ गर्ने बिश्वास ब्यक्त गरे । sunakhari कार्यक्रमा प्यापसन सुनसरीका अध्यक्ष नरबाहादुर थापाले बिद्यालयको प्रगतीको कामना गरेका थिए । बिद्यालयका सल्लाहकार किशोर सुब्बालेपनि केहि बर्ष भित्रमा सुनाखरी पुर्वकै टप बिद्यालयको रुपमा बिकाश भएको हेर्न चाहेको उल्लेख गरे । कार्यक्रमा मा एसएलसि परिक्षामा उत्कृष्ट अङक ल्याउने छात्रा अञ्जली राजधामी, गगनबिक्रम राई र राष्ट्रपती कपमा करातेमा प्रथम भएको सन्तोषकुमार शर्मालाई प्रमुख अतिथी कार्कीले सम्मान पनि गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासघं की केन्द्रिय सदस्य निलीफा सुब्बा,एनप्याबसन सुनसरीका अध्यक्ष गणेश राई,बिद्यालयका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । बिद्यालयका प्रिन्सीपल मिलन राईले स्कुलको अहिलेको अबस्था र भाबि योजनाको बारेमा स्पस्ट पारेका थिए । बिद्यालयका निर्देशक प्रदिप राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम तिर्थ कार्कीले सञ्चालन गरेका थिए ।