धरान/ चिकित्सकहरुलाई आतङ्कित बनाउने ‘सचेत नागरिक’ नामको भूमिगत गिरोहको छानबिन गरी कारबाही गर्न मेची अञ्चलका डाक्टरहरुले माग गरेका छन् । सो समूहका नाममा केही समयदेखि स्थानीय सञ्चारमाध्यममा निरन्तर भइरहेको प्रचारबाजीले चिकित्सकहरु आतङ्कित भएको भन्दै उनीहरुले स्थानीय प्रशासनसँग सुरक्षा र कारबाहीको माग गरेका छन् । नेपाल चिकित्सक सङ्घका मेची अध्यक्ष डा.पिताम्बर ठाकुरले भूमिगत शैलीमा कहिल्यै नाम नै नसुनिएको समूहको नाममा भइरहेको प्रचारबाजीले काम गर्ने वातावरण बिगारेको र त्रास फैलाएको भन्दै सुरक्षित ढङ्गले काम गर्ने वातावरण बनाइदिन स्थानीय प्रशासनसँग माग गरेका छन् । उनले सो समूहको पहिचान गरी कारबाही नगरिए आन्दोलनमा जानुको विकल्प नरहेको बताए । doctor त्यसैगरी संघको आगामी नेतृत्वका लागि चुनावी दौडमा सामेल डा. लक्ष्मी मैनालीले भुमिगत शैलीबाट सञ्चारमाध्यम प्रयोग चिकित्सकहरुमाथि त्रास फैलाउने उद्देश्यले भइरहेको गतिविधि नियन्त्रण गर्न माग गरे । ‘प्रचारबाजीमा संलग्नहरुलाई पहिचान गरि कारबाही नगरिए हामी काम छाडेर आन्दोलनमा जान बाध्य हुनेछौँ’, उनले भने, ‘जायज कुरा र मागका बिषयमा हामी खुल्ला छलफल गर्न र हामीबाट गलत भएको भए कारबाही भोग्न तयार छौँ ।’ डा.मैनालीले चिकित्सकहरुलाई आतङ्कीत बनाउने गरी भइरहेको गतिविधिमा केहि सञ्चारमाध्यम र सञ्चारकर्मी समेतको सहयोग रहनु दुःखद् भएको बताउँदै पत्रकार महासंघसँग पनि छानबिनको माग गरेका छन् । झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले चिकित्सकलाई आतङ्कित पार्ने काममा संलग्नहरुको पहिचान गर्न सुरक्षा निकायलाई सक्रिय पारीएको बताए । उनले पत्रकार महासंघको नेतृत्वसँग समेत यो बिषयमा छलफल गरिएको र चिकित्सकलाई आतङ्कित बनाउने आशयको प्रायोजित विज्ञप्ति उपलब्ध गराउने व्यक्तिका विषयमा जानकारी माग गरिएको बताएका छन् । सोही बिषयमा बिर्तामोडबाट प्रकाशित एक दैनिक पत्रिकाका सम्पादक समेत रहेका महासंघका झापा सचिब एकराज गिरीसँग पत्र काटेरै जवाफ माग गरेको सापकोटाले जानकारी दिए । सापकोटाले भने, ‘हामीले समाचारको स्रोत मागेका छैनौँ, विज्ञापनको स्रोत मागिएको हो । सुरक्षासँग जोडिएको बिषय भएकाले उहाँहरुले सूचना दिएर सहयोग गर्नुपर्छ ।’ के हो सचेत नागरिक समुह ? असार ६ गते दिउँसो एकाएक ‘सचेत नागरिक समुह’ को नाममा झापामा रहेका सञ्चारमाध्यमहरुमा प्रायोजित विज्ञप्ति प्रकाशन गरिदिन अनुरोध गर्दै इमेलमार्पmत् देखिएको सचेत नागरिक समुहको कुनै औपचारिक अस्तीत्व देखिँदैन । पत्रकार महासंघका झापा शाखाका सदस्य एवम् एकराज गिरी सम्पादक रहेको पत्रिकाकै भाषा सम्पादक सुरेन्द्र भण्डारीले आप्mनै इमेल आईडी प्रयोग गरी प्रायोजीत विज्ञप्ति प्रकाशन गर्न अनुरोध गर्दै सचेत नागरिक समुहको इमेल पठाएका थिए । उनले पठाएको इमेलमा विज्ञप्ति प्रकाशन भएपछि भुक्तानीका लागि बिलसहित आफु कार्यरत सञ्चारमाध्यममा पठाउनसमेत अनुरोध गरिएको थियो । सो विज्ञप्ति प्रकाशन भएपछि विज्ञप्ति प्रकाशन गर्ने सञ्चारमाध्यमहरुलाई भुक्तानीसमेत भण्डारीले नै गरेका थिए । विज्ञप्तिमा ‘सरकारी सेवा सुविधा खाएर जिम्मेवारी वहन नगर्ने चिकित्सकहरुलाई नियन्त्रणमा लिई कारबाही गरिने’ उल्लेख थियो । विज्ञप्तिमा कसैको आधिकारिक नाम र हस्ताक्षरसमेत थिएन । विज्ञप्ति प्रकाशन हुनासाथ मेचि अञ्चलका चिकित्सकहरुले सुरक्षाको माग गर्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका थिए । जिल्ला प्रशासन कार्यालय र प्रहरीले सो विषयमा छानबिन शुरु गरेपछि असार १२ गते बिनोद शर्मा नामको इमेल आईडी प्रयोग गरी सोही समूहको नाममा अर्को बिज्ञप्ति सञ्चारमाध्यमहरुमा पठाइएको थियो । सो इमेलमा समुहको बिज्ञप्ति यथाशीध्र प्रकाशन गर्न भनिएको थियो तर सो विज्ञप्ति भने अघिल्लो विज्ञप्ति प्रकाशन गर्ने सञ्चारमाध्यमहरुले प्रकाशन गरेनन् । सचेत नागरिक समूहको प्रचारबाजीमा संलग्न देखिएका गिरी समुहका बिषयमा आपूmलाई केही पनि जानकारी नभएको बताउँदै प्रायोजित बिज्ञप्तिको रकम भुक्तानी गर्ने आप्mना सहकर्मी सुरेन्द्र भण्डारीसँग बुभ्mन आग्रह गर्दै पन्छिए । उनले जिल्ला प्रशासन कार्यालयले पत्र काटेर जानकारी मागेको स्वीकार गरेका छन् । उता भण्डारीले समुहका मान्छे आफ्नो सम्पर्कमा रहेको र प्रायोजीत बिज्ञप्तिको रकम आपूmमार्फत भुक्तानी गरेको स्वीकार गरेका छन् । उनले प्रायोजीत बिज्ञप्ति उपलब्ध गराउनेका बिषयमा आफुले कुनै पनि जानकारी गराउन नसक्ने बताउँदै भने, ‘महासंघको आचारसंहिताविपरीत विज्ञापनको स्रोत म उपलब्ध गराउन सक्दिनँ ।’ पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्बाङले सो विषयमा स्थानिय प्रशासनलाई महासंघले सकेजति सहयोग गर्र्ने बताएका छन् । उनले प्रचारबाजीमा संलग्न देखिएका पत्रकारका बिषयमा आपूmले केही नबोल्ने बताउँदै भने, ‘तपाईं यो बिषयमा गिरी र भण्डारीसँगै बुभ्mनुस् ।’