धरान/गृहराज्यमन्त्री हुने सपना तुहाईदिएको भन्दै भन्दै तत्कालिन सर्वोच्च अदालतका न्यायाधीस रणबहादुर बमको हत्या गर्ने बाबु थापा सहित चार जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत ललितपुरले सोमबार हत्यामा संलग्न बाबु थापा भन्ने मघबहादुरसहित चार जनालाई जन्मकैदको फैसला सुनाएको हो ।थापा तत्कालीन चुरेभावर पार्टिका उपाध्यक्ष समेत हुुन् ,चुरेभावर पार्टीको आधिकारीकताको मुद्धामा न्यायाधीश बमको फैसलाले गरेका थिए । janma उनकै योजनामा २०६९ जेठ १८ गते न्यायाधीश बमको गोली हानेर हत्या भएको प्रहरी अनुसन्धानले देखाएको थियो । अदालतले करण भन्ने शिव चौधरी र संजय स्माइली मगरलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश ओमप्रसाद अयार्लको इजलासले योजनाकार थापा र दीपककुमार कर्णलाई पनि जन्मकैदको फैसला सुनाएको छ ।हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले बाबुसहित चार जनालाई २०७१ साल पुसमा पक्राउ गरेको थियो ।