भोजपुर/जिल्ला अदालत भोजपुरले विभिन्न छ भाषामा दोभासे सूचीकृत गर्न खोजे पनि अहिलेसम्म कुनै दोभासे पाउन नसकेको बताएको छ । न्यायमा समान पहुँचका लागि जिल्ला अदालतले गएको वैशाख ५ गतेदेखि सार्वजनिक सूचना आह्वान गरी राई, नेवारी, मगर, शेर्पा, अङ्ग्रेजी र तामाङ, भाषामा दोभासेको माग गरेको थियो तर हालसम्म कुनै पनि दरखास्त नपरेपछि पुन अर्को सूचना गर्न लागिएको जिल्ला अदालत भोजपुरले जनाएको छ । nayalaya नेपाली भाषामा राम्रोसँग बोल्न र लेख्न नसक्ने मुद्दाको पक्ष वा अदालतको आदेशले झिकाएका कुनै व्यक्ति, अदालतको कानुनी सहायता उपलब्ध गराइएका र अदालतले सहुलियत दिएका पक्षका साक्षी समेतको लागि छ भाषामा उल्था गरी राम्रो बोल्न सक्ने व्यक्तिलाई दोभासेको रुपमा राखिने जिल्ला अदालतले जनाएको छ । राई जातिको बढी बसोबास रहेको भोजपुरमा पहिलो प्राथमिकतामा राई भाषाको दोभासे राख्न लागिएको छ । अहिलेसम्म विभिन्न भाषाका दोभासेको काम जिल्ला बारका अधिवक्ताले गर्दै आएका छन् । रासस