uuuu

अहिले देशमा मनिषा घर्तिमगरको मृत्यु प्रकरणले तातेको छ । उनको हत्या हो वा आत्माहत्या ? पोष्टमाटम रिपोर्ट नआए सम्म यसै भन्न नसकिने अबस्था रहेको प्रहरीले जनाएको छ । मनिषको पोर्समाटम गर्न शब काठमाण्डौ ल्याईएको छ । धेरैले आकलन गरे अनुसार मनिषाको मृत्यु ‘प्रेम समन्ध’कै कारण भएको हो । प्रहरीले मनिषाका प्रेमी आषिश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यो घटना तात्तिएको बेला पश्चिम नेपालको गुल्मी जिल्लामा केहि दिन अगाडि एक महिलाले आफ्ना दुई सन्तानलाई घाटि थिचेर मारेकी छिन् ।  रोजगारीका शिलशिलामा श्रीमान बिदेश गएपछि स्थानिय एक युवा सँग प्रेम समन्ध बनाएकी ति महिलाले आफ्ना प्रेमीको आग्रहमा दुई सन्तानको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुृलेको छ । शुक्रबार मात्रै पनि बाग्लुङको बोहरा गाउँमा पनि यस्तै कहाली लाग्दो दर्दनाक घटना घटेको छ । गोठमा आगोलागी भई दुई बालकको मृत्यु भएको भनि समाचारहरु सार्बजनिक भएपनि स्थानिय एक युवाले ति बच्चाकी आमा लाई भगाउन बच्चाहरुको हत्यागरि गोठमा आगो लगाऐका प्रहरी अनुसन्धानबाट खुृलेको छ ।बच्चाकी आमा कमला घर्ति र नातामा देवर पर्ने स्थानिय भिमबहादुर भण्डारी बिच दुईबर्ष देखि प्रेम समन्ध रहेको अनुसन्धानबाट सार्बजनिक भएको हो ।


मनिषाको हत्याको रहस्य खुल्दै
नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राईकर विमल घर्तीमगरकी बहिनी मनिषाको हत्या फेसबुकको पासपोर्ट नदिएको झोकमा उनकै ‘ब्याईफ्रेण्ड’ ले गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका आरोपीत ‘ब्याईफ्रेण्ड’  आशिष चौधरीले फेसबुकको पासवर्ड परिवर्तन गरेकोबारे आफूहरुबीच हात हालाहाल भएको बयान दिएको प्रहरी श्रोतले जनाएको छ । नवलपरासीको बर्दघाटस्थित आफ्नै घरमा मृत फेला परेकी मनिषाको ‘हत्या वा आत्महत्या’ भएको बारे बिभिन्न चर्चाहरु बजारमा आईरहेका बेला यस्तो बयान आएको हो ।

पाँच बर्षदेखि मनिषसँग प्रेम गर्दै आएका आशिष र मनिषा बिच बुधबार साँझ फेसबुकको पासवर्ड परिर्वतन गरेको विषयमा कुटाकुटनै भएको बयान सार्बजनिक भएपछि मनिषाको हत्या नै भएको हुन सक्ने आकलन हुन थालेको छ ।प्रहरी श्रोतका अनुसारे बयानका क्रममा आशिषले भनेका छन् ‘हामीलाई एक अर्काको पासवर्ड थाहा थियो, अचानक उनल पासवर्ड परिवर्तन गरेपछि मैले किन परिवर्तन गरेको भनेर सोध्दा त्यो मेरो पर्सनल कुरा हो भनिन् ।’ मनिषाले मलाई थप्पड हानेपछि म उनकै कोठा बाहिर सुते आशिषलाई उदृत गर्दै श्रोतले भन्यो ‘११ बजे ब्युँझेर भित्र जाँदा उनलाई झुण्डिएको अवस्थामा देखेँ’ ‘मनिषाले आत्महत्या गरेकी हुन् मैले हत्या गरेको हैन् ।’

यसै बिच कास्कीको पोखरामा एक व्यक्तिले आफ्नी श्रीमती र छोरीको हत्या गरेका छन् ।पोखरा उपमहानगरपालिका–१४ रातोडाँडाका बिमल पुनले श्रीमती नरमाया र छोरी पूर्णिमा पुनको हत्या गरेका हुन् ।शुक्रबार दिउँसो घरमा बसिरहेका बेला पुनले श्रीमती र छोरीको हत्या गरेको प्रहरीले जनाएको छ ।हत्याको कारण खुल्न सकेको छैन । पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको नियन्त्रणमा रहेका पुनले आफूले श्रीमती र छोरीको हत्या गरेको स्वीकारेका छन् ।घटनाको विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।