apaharan 

वीरगञ्जका ब्यापारी सुरेश केडियाको अपहरण भएको छ । अपहरणकारीले उनलाई भारतीय सिमा तर्फं लगेको प्रहरीले आशंका गरेको छ । केडियाका सवारी चालकलाई गोली हानी अपहरणकारीले अपहरण गरेको प्रहरी श्रोतले जनाएको छ । बारा प्रहरीले संकास्पद भारतीय नाकाहरुमा सादा पोसाकका प्रहरी परिचालन गरेको छ ।  बिहीबार साँझ आफ्नै गाडीमा यात्रा गरिएका उनी बाराको महागडिमाई नगरपालिका, बडियापुरबाट अपहरणमा परेका हुन ्।भारतीय नम्बर प्लेटको स्कार्पियोमा आएका अपहरणकारीको समुहले साँझ करिब सात बजे अपहरण गरी लगेका हुन । अपहरणकारीले गाडी चालक उमेश साहलाई गोली प्रहार गरी केडियालाई भारतीय सीमातर्फ लगेको जानकारी पाएको बाराका प्रहरी प्रमुख एसपी नरेन्द्रप्रसाद उप्रेतीले बताए। उनको अपहरण किन र केका लागि गरिएको हो भन्नेबारे केहि खुलेको छैन ।