taskar सिरहामा बुधबार सत्तरी तोला सुनको बिस्कुटसहित दुई जना पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय सिरहाले गोप्य सूचनाका आधारमा सिरहा नगरपालिका वडा नम्बर ११ स्थित भलुवाही चौकबाट बुधबार सांझ सोही नगरपालिका १० सारस्वर बस्ने २१ वर्षिय तमन्ना दफाली र २२ वर्षिय मोहमद ईजराईल दफालीलाइ १०्/१० तोला वजन भएको सात वटा सुनको बिस्कुटसहित पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट DUBAI-UAE 10 TOLA, 999.0 लेखिएको ६ वटा र SUISSE, 10 TOLA लेखिएको १ वटा सुनको बिस्कुट, नगद ३४ हजार आठ सय पैत्तीस रुपैया बरामद र दुईवटा मोवाईल फोन बरामद भएकोले अनुसन्धानकालागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए ।

प्रहरीले उनीहरु सवार स ६ प  ६३२४ नम्बरको पल्सर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।