पर्यटन

    Showing १-१० of १९८ items.
  • स्वागत झरना इलामको नयाँ गन्तव्य

    बिर्तामोड/ इलामका पर्यटकीय क्षेत्र भ्रमणका लागि धेरैजसो आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको छ । प्रदेश नम्बर १ मा इलाम जिल्लालाई मुख्य पर्यटकीय गन्तव्यको रूपमा लिने गरिन्छ । इलामको विभिन्न स्थानमा रहेका पर्यटकीय गन्तव्यमा अवलोकन तथा मनोरञ्जनका लागि बाह्रैमास पर्यटक आउने गरेका छन् । इलामको प्राकृतिक सौन्दर्य, सूर्याेदयको दृश्य अवलोकन, वातावरण, कृषि उत्पादन, लोपोन्मुख तथा आदिवासी जनजातिका संस्कार संस्कृति र सुन्दर तथा मनमोहक पहाडका श्रृङ्खला इलामका आकर्षण हुन् । यसका अतिरिक्त इलाममा झरनाको सौन्दर्यता पनि थपिएको छ । इलामको रोङ गाउँपालिका –४ किटेनीमा झरना फेला परेसँगै इलाममा नयाँ पर्यटकी

    • प्रकाशित मितिः भदौ ५, २०७६
    • ८६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मनै लाेभ्याउने गोर्खा स्मृति पार्क(फोटो फिचर)

    धरान / धरान उपमहानगरपालिकाको वडा नं २० स्थित माछामारा डाँडा धरान बजारबाट करिब ९ किलोमिटर उत्तर पश्चिममा छ । भूपू गोर्खा सैनिक एवं परिवारहरुले करोडौंको लगानीमा ब्रिटिश गोर्खा स्मृति पार्क बनाइरहेका छन् । यो पार्कलाई गोर्खा सैनिकहरुको लागि पवित्र तीर्थस्थलकोरुपमा विकास गर्ने लक्ष्य राखिएको पार्क परिकल्पनाकार रमेश राईले बताए । यो क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । धरानको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । यो ग्रावेल सडक नेपालकै पवित्र तिर्थस्थल विष्णुपादुका जाने सडक पनि हो । मक्का मदिनाको जस्तै पवित्र तीर्थस्थलको रुपमा यसलाई विकास गरिने तयारी छ । यहाँ गोर्खा स्मारकको मुनि ७ फिट गहिर

    • प्रकाशित मितिः भदौ ४, २०७६
    • १,०१६ पटक पढिएको
    • तस्विरहरूः किस्तीका चाैधरी
  • ‘पर्यटकीय क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा पुर्याउनेछौं’

    – केराबारी गाउँपालिकाले तपाँईंको नेतृत्व पाएको दुईवर्ष पूरा भएको छ, तपाईंको नेतृत्वको जनप्रतिनिधित्वबाट केराबारीले के पाएको छ ?हामी तेस्रो वर्षमा चलिरहेका छौं । जनप्रतिनिधीहरू आइसके पश्चात् टोल समितिहरू गठन भएर तल्लो तहबाटै योजनाहरू छान्ने,समस्याहरूको छलफल गर्ने र ती कतिपय योजनाहरू वडा तहबाटै सम्पन्न गर्ने र अरू चाहिँ पालिका स्तरमा र ठूला योजना प्रदेश सरकार हुँदै सङ्घीय सरकारसम्म योजना छनौट गरी पठाउने काम भइरहेको छ । हाल यस गाउँपालिकाका सबै वडामा शिक्षा, स्वास्थ्य, पूर्वाधारमा बाटो निर्माण, नदी कटान नियन्त्रण सिंचाइका लागि पैनी निर्माणका कामहरू गाउँ गाउँमा पुगेको हुनाले बजेट विनियोजन भएक

    • प्रकाशित मितिः भदौ ४, २०७६
    • ७९ पटक पढिएको
    • प्रस्तुतिः विवेक मिश्र
  • प्याराग्लाइडिङ प्रशिक्षणमा नेपाली सेना

    धरान/ देशभरका २४ नेपाली सैनिक उदयपुरको बेलका नगरपालिका ८ मा प्याराग्लाईडिङ प्रशिक्षण लिइरहेका छन् । एसियन प्याराग्लाइडिङ एकेडेमीको आयोजना र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ एसोसिएसन (नेफा) प्रदेश नं.१ को संयोजनमा साउन २५बाट प्रशिक्षण भइरहेको छ । यो प्रशिक्षणबाट नेपाली सेनाले प्याराग्लाइडिङ पाइलटको पहिलो ब्याच उत्पादन गर्ने सेनाको पश्चिम पृतनाका प्रमुख सेनानी अर्जुन बस्नेतले जानकारी दिए । फुटबल, भलिवल लगायतका खेलमा विभागीय टिम सञ्चालन गरिरहेको सेनाले साहसिक खेलमा पर्ने प्याराग्लाइडिङको पनि विभागीय टोली बनाउँदैछ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सेनाले करारमा नियुक्त गरेका प्यारा

    • प्रकाशित मितिः भदौ ४, २०७६
    • १३३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानजमा महिला उद्यमी मेला

    जिरोपोइन्ट  /  धरानमा यही भदौ ५ गतेदेखि ७ गतेसम्म “महिला उद्यमी बजार प्रवद्र्धन तथा प्रदर्शनी मेला २०७६” हुने भएको छ ।महिला सञ्जाल धरानको आयोजनामा महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरूलाई बजारीकरण गर्ने उद्देश्यले उक्त मेलाको आयोजना गर्न लागिएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।उक्त मेला धरान १२ छाता चौकमा रहेको सोमबारे आग्र्यानिक हटिया लाग्ने अमन बजारमा लाग्ने सञ्जालले जानकारी दिएको छ । मेलाको प्रमुख आकर्षणहरुमा धरानका महिला उद्यमीहरुले उत्पादन गरेको सामग्री, ढाका तथा अल्लोका कपडा र जुत्ता चप्पल, खाद्य सामग्री रहने बताइएको छ । मेलाको पहिलोदिन तीज विशेष

    • प्रकाशित मितिः श्रावण ३२, २०७६
    • १११ पटक पढिएको
    • देविका चाम्लिङ राई
  • ताप्लेजुङमा रोपाई जात्रा (फोटो फिचर)

    ताप्लेजुङ / परम्परागत रुपमा निकालिदैं आएको रोपाई जात्रा शनिवार ताप्लेजुङमा भब्यताका साथ मनाईएको छ । पूर्वी पहाडको मौलिक पर्वको रुपमा रहेको रोपाई जात्रामा धान रोप्दा गरिने कृयाकलापसँग विभिन्न जातजातीको संस्कृति र कला झल्काउने खालको अभिनय गरिन्छ । रोपाई जात्रा सदरमुकाम फुङलिङमा विहान ११ बजेवाट तोक्मेडाँडावाट सुरु भई बजार परिक्रमा गरेको थियो । रोपाई गीतको साथमा अघिअघि गोरु हली अनि पछि पछि रोपारले हिलोमा धान रोपेको अभिनय गर्दै एक सय धेरै बालबालिका र युवायुवती जात्रामा सहभागी हुने नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । लाखेजात्रा हामी सवैको जात्रा भन

    • प्रकाशित मितिः श्रावण ३२, २०७६
    • १११ पटक पढिएको
    • बसन्त लिम्बू
  • भ्रमण वर्ष २०२० सफल पार्न निजी क्षेत्र भारत जाँदै

    भद्रपुर । ट्राभल सङ्घ झापाले भ्रमण वर्ष २०२० कार्यक्रम सफल बनाउनका लागि प्रचार–प्रसार गर्ने उद्देश्यले ५ दिने भारतको सिक्किम राज्यको भ्रमण गर्ने भएको छ ।सङ्घका अध्यक्ष निरबहादुर कार्की (नेत्र)को नेतृत्वमा आइतबारबाट शुरु हुने भ्रमणमा विभिन्न विधाका १४ जना सहभागी हुनेछन् । टोलीमा प्रदेश नम्बर १ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, पर्यटन व्यवसायी, सञ्चारकर्मीलगायत रहने महासचिव पृथुराज (पृथम) गौतमले बताए । उनका अनुसार सिक्किमका पर्यटन व्यवसायीहरूको निमन्त्रणामा टोली त्यसतर्फ जान लागेको हो । टोलीले उत्तर, दक्षिण, पूर्वी सिक्कमको स्थलगत अवलोकन गर्नेछ । नेपाली टोलीलाई सिक

    • प्रकाशित मितिः श्रावण ३२, २०७६
    • ७७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आहा ! धरान

    • प्रकाशित मितिः श्रावण २९, २०७६
    • २४० पटक पढिएको
    • तस्बिरहरूः किस्तीका चाैधरी /डि कार्की
  • तिम्बुङको प्राकृतिक सौन्दर्य बचाउन ‘काङ्सोरे लङ्मार्च’

    पाँचथर/ लिम्बुवान स्प्रिङ आन्दोलनले संयोजन गरेको ‘काङ्सोरे लङ्मार्च’ सोमबार फिदिमदेखि शुरु भएको छ । तिम्बुङ पोखरीको प्राकृतिक सौन्दर्यलाई बचाउन ‘लङ्मार्च’ गर्नुपरेको ‘लङ्मार्च’ का कमाण्डर इक्साहाङ चेम्जोङले बताए । लिम्बुवान स्प्रिङ आन्दोलन र लिम्बुङ वारक (पोखरी) संरक्षण संयुक्त अभियानले सोमबार फिदिमस्थित ऐतिहासिकस्थल सुम्हालुङ परिसरमा पत्रकार सम्मेलन गरी ‘लङ्मार्च’ शुरु भएको जनाएका हुन् । ‘लङ्मार्च’ मा करिब ४० जनाको सहभागिता रहेको कमाण्डर चेम्जोङले बताए । तिम्बुङ पोखरीको डिलमा निर्माण भइरहेको मन्दिरको विषयलाई लिएर ‘लङ्मार्च&rs

    • प्रकाशित मितिः श्रावण २८, २०७६
    • ९२ पटक पढिएको
    • सन्देश सुब्बा
  • धार्मिक पर्यटकीय गन्तव्य पिण्डेश्वर मन्दिर जीर्ण बन्दैं

    धरान/ सुनसरीको धरानस्थित पिण्डेश्वर धाम धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित छ । यहाँको प्राकृतिक वातावरणले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ । पिण्डेश्वरमा अरु बेलाभन्दा साउनमा अत्यधिक भीड लाग्ने गरेको छ । भक्तजनले यहाँ पूजापाठसँगै जल चढाउने गरेका छन् । उक्त मन्दिर गुठी संस्थानअन्तर्गत सञ्चालित रहेको मन्दिरका पुजारी विनोद पोखरेलले बताए ।“सन्तान प्राप्ति होस भनेर आउनेको सङ्ख्या धेरै छ”,

    • प्रकाशित मितिः श्रावण २५, २०७६
    • ८६ पटक पढिएको
    • रासस

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved