खाडी

    Showing १-१० of ६५० items.
  • जापान लाने भन्दै लाखाैं ठगी

    इटहरी/ जापानमा मासु काट्ने काम मिलाइदिन्छु भन्दै एक युुवा इटहरी आसपासका सर्वसाधारणहरूबाट रकम लिएर फरार भएका छन् । उनी जापानमा मासु काट्ने काम मिलाइदिन्छु भन्दै इटहरी–५ का स्थानीयबाट ठगी गरी फरार भएका हुन् ।    बिर्तामोडका निलमणि अधिकारीले जापान लान्छु, राम्रो कमाइ हुन्छ भन्दै ठगी गरेको पीडितहरूले बताएका छन् । जापानमा काम गर्ने वातावरण मिलाउँछु भनेर १ लाख २० हजार ठगेको इटहरी–५ का चूडामणि गेलालले बताए । ‘अधिकारीले महिनाको अढाई लाख कमाइ हुन्छ, जापानमा मेरो आफ्नो मान्छे छ, त्यहाँ पठाउँछु भनेका थिए । जाने बेलामा १२ लाख दिने सहमति भएको थियो’–पीडित गेलालले भन

    • प्रकाशित मितिः फाल्गुन १०, २०७५
    • ६४६ पटक पढिएको
    • धनबहादुर पुरी 
  • विदेशबाट आएकाहरू भन्छन् : बेरोजगार भइयो

    इटहरी/लामो समयसम्म विदेशमा रोजगारी गरेर आफ्नै देश फर्किएकाहरू स्वदेशमा बेरोजगार हुनु परेको गुनासो गरेका छन् । विदेशमा परिश्रम गरेर केही समय आयआर्जन गरे पनि घर फर्किंदा बेरोजगार हुनु परेको उनीहरूको गुनासो छ । विदेशी सीपलाई आफ्नो देशमा कार्यान्वयन गर्ने वातावरण नभएको भन्दै उनीहरूले विदेशिनुको विकल्प नभएको गुनासो गरे । कतारबाट फर्केर आएका रिटर्नी माइग्रेण्ड नेपाल मोरङका अध्यक्ष राजु भट्टराईले भने, ‘विदेशमा सिकेको सीप यहाँ देखाउन चाहान्छौं तर वातावरण बनेन ।’ राज्यले नखोज्दा विदेशबाट आएकाहरू समस्यामा पर्दैै आएको बताउँछन् । ‘यहाँ आएर काम गर्ने वातावरण समेत छैन त्यो वातावरण सरकारी

    • प्रकाशित मितिः फाल्गुन ३, २०७५
    • १५० पटक पढिएको
    • धनबहादुर पुरी
  • मलेसिया खुल्यो: मलेसियन दूतावासले भिसा दिएका २० जना उडे

    धरान – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियन दूतावासबाट भिसा पाएका कामदारलाई श्रम स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रालयको निर्णयअनुसार वैदेशिक रोजगार विभागले काठमाडौंस्थित मलेसियन दूतावासले राहदानी लिई भिसा उपलब्ध गराएपछि २० जनाले वैदेशिक रोजगारबाट श्रमस्वीकृति लिएका छन् । मलेसियासँगको श्रम सम्झौतापछि पहिलो पटक २० जना नेपाली कामदारले मलेसिया जाने अनुमति पाएको वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप चापागाईंले बताए । अब विभागले दूतावासले नामावली पठाए श्रमस्वीकृति दिनेछ । गत कात्तिक १२ गते नेपाल र मलेसियाबीच द्विपक्षीय श्रमसम्झौता भएको थियो । गत जेठ २ गतेदेखि मलेसिया

    • प्रकाशित मितिः माघ ७, २०७५
    • ४६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन छ महीना मैदान बाहिरै

    काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिय गरिएको छ ।  दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छदेखि सात महीना मैदान बाहिरै रहने राष्ट्रिय टोलीको कप्तान पारस खड्काले जानकारी दिए । सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनाइ छ । जारी इपिएलमा काठमाडौँ किंग्स ११ बाट खेलेका सागरलाई ललितपुर प्याट्रियसविरुद्धको खेलका क्रममा बलिङ गर्दा चोट लागेको थियो । 

    • प्रकाशित मितिः पुष ७, २०७५
    • १४६ पटक पढिएको
    • रासस
  • नेपाली संगीत क्षेत्रमा दीप श्रेष्ठको पचास वर्ष

    ब्लाष्टखबर । धरान नेपाली संगीत क्षेत्रका सम्मानीय तथा लोकप्रिय गायक दीप श्रेष्ठले संगीत क्षेत्रमा लागेको पचास वर्षको उपलक्ष्य पारी नेपाल क्लब, हङकङले दीप श्रेष्ठ स्वर्णिम साँझ २०१८ आगामी डिसेम्बर ३० तारिकका दिन हङकङको यामुताई कम्युनिटी हलमा आयोजना गर्ने भएको छ । बुधबार हङकङस्थित हङकङ नेपाली महासंघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल क्लबहङकङकी अध्यक्ष रिता गुरुङले भव्य रुपमा आयोजना हुने कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ आफ्नो सांगीतिक समूहसहित आफ्ना नयाँ तथा पुराना गीतहरू गाएर आफ्नो ५० औं सांगीतिक उत्सव हङकङवासी नेपालीहरूमाझ प्रस्तुत गर्नेछन् । पूर्वी नेपालको धरानका स्थायी बास

    • प्रकाशित मितिः कार्तिक २९, २०७५
    • १८३ पटक पढिएको
    • blast khabar
  • छठ पर्वको अवसरमा बगरकोटमा वर्सटाइनर साँझ

    धरान / एमएच विविक्युले छठ पर्वको अवसरमा हिजो साँझ वर्सटाइनर छठ साँझको आयोजना गरेको छ । धरान १५ वगरकोटस्थित धरानको चर्चित द प्याराडाइज व्याण्डको प्रस्तुति रहेको थियो । प्याराइज व्याण्डले करिव २२ वटा नेपाली हिन्दी र अग्रेजी गीत गाएर उपस्थित दर्र्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।  प्रदेश १ मा नै चर्चित वन्दै गइरहेको प्याराडाइज व्याण्डमा भोकलिस्ट सुनिल श्रेष्ठ, लिड गटारिस्टमा श्रीहाङ राई, ड्रमरमा निखिल सुव्वा र वेस गिटरिस्टमा राकेश मानन्धर रहेका थिए । वर्सटाइनर साँझमा व्याण्डको प्रस्तुति पछि डिजे स्याडोको डिजे सेसन भएको थियो । उनले पनि नेपाली, हिन्दी र अग्रेजी म्युजिकमा उपस्थितीलाई नचाएका थिए । एमएच

    • प्रकाशित मितिः कार्तिक २८, २०७५
    • १५० पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रियंकाले आफ्नो बिहेमा बलिउड स्टार नबोलाउने

    धरान / बलिउडकर्मी प्रियंका चोपडा र निक जोनसको विवाहको खबरले बलिउड तातेको छ । अन्दाजबाट बलिउडमा डेब्यु गर्दै हलिउडको ‘क्वान्टिको’ सिरियलसम्म खेलेकी प्रियंकाको निकसँग चाडै जोडी बाधिदै छ । तर, अचम्म के भने उनीहरूको विहेमा बलिउड तथा हलिउडका कोही पनि निम्तालु हुने छैनन् । बलिउडमा राज गरेकी प्रियंकाले बलिउडका कुनै पनि स्टारलाई नबोलाउने घोषणा गरेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले कुनै पनि बलिउड स्टारलाई नबोलाउने भएकी हुन् । निक अमेरिकन गायक हुन् । उनले नै बलिउडका स्टार नबोलाउने भएपछि प्रियंकाले त्यसलाई साथ दिएकी हुन् । त्यसो त, प्रियंकाले आफ्नो विवाहमा बलिउडका स्टार सलमान खान, रणबीर कपुर,

    • प्रकाशित मितिः कार्तिक २०, २०७५
    • १५० पटक पढिएको
    • ब्लाष्ट खबर
  • धराने गायकले ल्याए देउसी भैलो गीत (भिडियोसहित)

    धरान / धराने गायक राजु ल्वागुनले तिहार पर्वलाई लक्षित गर्दै देउसी–भैलो गीत सार्वजनिक गरेका छन् । ल्वागुनको आफ्नै शब्दसङ्गीत रहेको गीतलाई योगेन गोर्खालीले एरेन्ज गरेका छन् । महिला स्वरमा गायिका बबिता सुनारले साथ दिएकी छन् । धरानकै स्थानीय परिवेशमा छायाङ्कन गरिएको गीत सोमबार सार्वजनिक गर्दै ल्वागुनले देउसी–भैलो खेल्ने नेपाली परम्पराअनुसार गीतलाई प्रस्तुत गरिएको बताए । उनले गीतमा एकोहोर देउसीमात्र नभट्याएर समाजका कथाकुथुङ्ग्रीलाई समेत जोडेकाले गीत सुन्न लायकको हुने बताए । उनले नेपाली दर्शकलाई स्थानीय  समाजमा खेलिने देउसीभैलोको तौरतरिकालाई सचित्र देखाइएको बताए । म्युजिक भिडियोलाई शिर

    • प्रकाशित मितिः कार्तिक २०, २०७५
    • १७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपाल आइडलका मिलनले धरानमा प्रस्तुती दिदैं

    धरान / चर्चित गायन रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करणमा टप २० बाट बाहिरिएका मोरङ, गछियाका मिलन परियारले धरानमा पहिलोपटक सांगीतिक प्रस्तुति दिने भएका छन् । यहि कार्तिक १६ गते शुक्रबारको साँझ धरान ९ पुतलीलाइनस्थित फ्रेन्ड्स गार्डेन लाउञ्ज एन्ड बारमा मिलनले सांगीतिक प्रस्तुति दिने छन् । नेपाल आइडलको दोस्रो संस्करणमा धरान अडिसनबाट बाहिरिएपछि उनी पुनः काठमाडौं अडिसनबाट छनौट भएका थिए । आइडलमा राम्रो प्रस्तुति दिएर चर्चा कमाएका उनी क्यारिकेचरमा पनि खप्पिस छन् । टप २०बाट बाहिरिएका मिलन वाइल्ड कार्डका लागि समेत छानिएका थिए । धरानमा प्रस्तुति दिन लागेका मिलन भन्छन् ‘धरानमा पहिलोपटक गाउन लाग्दा उत्स

    • प्रकाशित मितिः कार्तिक १५, २०७५
    • १५० पटक पढिएको
    • ब्लाष्ट खबर
  • झापाकी निशुले ल्याईन तिहारको देउसी भिडियो

    धरान  / निशु ढकालको घर झापाको बुधबारे हो । हाल काठमाण्डौमा बसोबास गर्दै संगित यात्रामा छिन । सानै छदा संगितमा लाग्ने अठोट लिएकी ढकाल यति बेला संगित साधानामा छन् । स्कुले जीवनमा विभिन्न गायन प्रतियोगिताहरुमा भाग लिएकी ढकालले सोलो भजन एल्वम निकाली सकेकी छन् । पछिल्लो समय दशै तिहारलाई लक्षित गरेर भिडियो बनाएकीछन् । उनको सांगितिक यात्राको बारेमा उनकै शव्दमाः साङ्गितिक यात्राः मलाई सानै देखि गाउन मन पथ्र्यो । स्कूल घरहरुको कार्यक्रममा प्राय सधै गाउथे । पछि हरि उपे्रति सरसँग सानै छदा सगिंतको कक्षा सुरु गरे । त्यसलाई निरन्तरता दिदै मणिकमल क्षेत्री, ध्रुव पाठक गुरुहरुसँग संगितका कक्षाहरु लिए । हाल क

    • प्रकाशित मितिः कार्तिक १५, २०७५
    • १२९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved