हलिउड

    Showing १-१० of १९१ items.
  • एञ्जेलिना राजनीतिमा आउँदै

    हलिउड अभिनेत्री एञ्जेलिना जोलीले कलाकार–निर्देशकबीच हालै भएको एक कार्यक्रममा आफू राजनीतिमा आउनसक्ने बताएकी छन् ।केही समययता उनी राजनीतिमा आउन सक्ने चर्चा भइरहेका बेला उनी आफैले आउन सक्ने सङ्केत दिएकी हुन् । सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै उनले भनिन्, ‘२० वर्ष पहिले मलाई कसैले यस्तो प्रश्न सोधेको भए सायद म हाँस्थें हुँला तर म त्यहीँ जानेछु, जहाँ मेरो आवश्यकता छ ।’उनले आफूलाई राजनीतिमा आउनु ठीक भएको या नभएको भन्नेमा अझै भन्न नसकिए पनि सायद आफूमा राजनीतिज्ञमा हुनुपर्ने प्रतिभा भएको हुनसक्ने बताइन् । उनले भनिन्, ‘म जुनसुकै चुनौतिका लागि पनि तयार छु ।’जोलीको

    • प्रकाशित मितिः असार १३, २०७६
    • २२२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मेगनलाई पहिरन सम्हाल्नै मुस्किल

    एजेन्सी / मोडल तथा बेलायती टेलिभिजन रियालिटी शो ‘लभ आइल्याण्ड’ की २४ वर्षीया मेगन ब्राटन हानसनलाई एउटा कार्यक्रममा आफैंले लगाएको पहिरन सम्हाल्न मुस्किल परेको छ । बुधबार लण्डनमा आयोजित ‘एक्ट्रिमली विक्ड, सकिङ्गली एभिल एण्ड भाइल’ नामक ड्रामा सिरिजको प्रमियरमा बोल्ड अवतारमा देखा परेकी उनलाई पहिरन सम्हाल्न मुस्किल परेको थियो । प्लाष्टिक सर्जरी गरेर सुन्दरी बनेको भन्दै आलोचना समेत खेप्ने गरेकी उनले प्रिमियरमा पहिरन मिलाउने क्रममा आफ्नो वक्षस्थल दुई हातले छोपेपछि उपस्थित सबै चकित परेको बेलायतको मिडिया डेलीमेलले उल्लेख गरेको छ ।

    • प्रकाशित मितिः बैशाख १४, २०७६
    • ५४१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • हलिउड अभिनेता मोर्गन नेपालमा

    धरान । थुप्रै फिल्मी पर्दामा देखिएका हलिउड अभिनेता मोर्गन फ्रिम्यानलाई नेपालीहरूले प्रत्यक्ष हेर्ने मौका प्राप्त गरेका छन् । युनिभर्सिटी अफ नर्थ टेक्ससको आकिारिक ट्वीटरमा मोर्गन नेपाल आएको जानकारी दिएको छ । उनी सर्ट फिल्म छायांकनकै लागि नेपाल आएको बताइन्छ । नेपाली फ्यानहरूलाई थाहै नदिई सुटुक्क आइपुगेका उनी ‘द स्टोरी अफ गडु’ नामक टेलिसिरियलको छायांकनको लागि नेपाल आएका हुन् । उनी नेपालको विभिन्न स्थानमा घुम्ने छन् । ८१ वर्षीय मोर्गन अस्कर अवार्डसमेत जित्न सफल छन् । फिल्म ‘इन्भिक्टस’ मा उनले नेल्सन मण्डेलाको भूमिकामा खेलेका थिए । जुन अत्यधिक रूचाइएको थियो भने जसबाट उनी

    • प्रकाशित मितिः मंसिर १४, २०७५
    • ३३९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नागरिकता किन–बेच रोक

    भारतीय नागरिकलाई नागरिकताको लागि सिफारिस दिने विराटनगर महानगरपालिका १ नम्बरका वडाअध्यक्ष उद्धव अर्यालसहित १६ जनामाथि तिहारअगाडि मुद्दा दायर भएको छ । अध्यक्ष अर्यालसहित १६ जनालाई झुठो विवरण पेश गरी विदेशीले नेपाली नागरिकता लिएको, दिलाएको अभियोग लगाएर मुद्दा त दायर भयो तर ती अभियुक्तले सजाय पाउलान् वा पहुँचमा छुट्लान् भन्ने बहसको विषय बनेको छ । वडाअध्यक्ष अर्याल विराटनगर महानगरपालिकाको प्रवक्तासमेत हुन् । गैरनेपालीलाई नागरिकता दिलाउन वडासदस्य रमेश साह, वडासचिव पुष्षा तिम्सिनासमेत संलग्न देखिए । कटहरी गाउँपालिका–१ का सत्यनारायण पोद्दारले झुठो विवरण पेश गरी २२ वर्षीय सञ्जीव पोद्दारलगायत नक्कली

    • प्रकाशित मितिः कार्तिक २६, २०७५
    • १६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ठेकेदारको निगरानी आवश्यक

    ठेकेदार कम्पनीले निर्माण कार्यको सम्झौता गर्छ, सम्झौताको अवधिमा पूरा गर्ने कागजी सहमति पनि हुन्छ । तर कागजी सहमति तब फेल खान्छ, जब काम सम्झौता भनेबमोजिम पूरा हुँदैन । यो नेपालका निर्माण कम्पनीको पुरानो रोगै हो । नेपालमा ८० प्रतिशतभन्दा बढी ठेक्काहरु यसरी नै चलेका छन् । जसले गर्दा विकास निर्माण प्रभावित बनिरहेका छन् । निर्माणको जिम्मा पाउने कम्पनी पनि कुनै राजनीतिक दलसँग साँठगाँठ भएको वा आफै हुने परम्परा पनि अर्को रोग हो । यही रोगका कारण पनि निर्माण कार्यहरु कछुवा गतिमा अगाडि बढ्ने गरेका छन् । यही कछुवा गतिकै कारण विकास निर्माणमा नेपाल पछि परेको छ । आफ्ना नातागोता तथा भाइभारदारलाई ठेक्का पार्

    • प्रकाशित मितिः कार्तिक १५, २०७५
    • १४९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पेश्की दिने पुरानो रोग

    २० वर्ष कर्मचारीहरुले स्थानीय निकाय सञ्चालन गर्दा उनीहरुले आफूखुशी स्थानीय निकाय सञ्चालन गरे । दलीय संयन्त्रलाई कसरी खुशी बनाउन सकिन्छ र आफू अनुकूल काम गर्न सकिन्छ भन्नेमा उनीहरुको मुख्य ध्यान हुने गरेको थियो । त्यो बेला अर्थात् पञ्चायतकालदेखि नै आफू नजिककालाई खुशी पार्न जथाभावी पेश्की बाँडिन्थ्यो । राजनीतिक तथा सामाजिक पहँुचका भरमा पेश्की लगेर फछ्र्यौट नगर्ने संस्कृति थियो । त्यो पुरानो रोग अहिलेका जनप्रतिनिधि तथा दलहरुका आसेपासेहरुमा कायमै हुनु विडम्बना हो । कुनै पनि कार्यक्रम गर्न संस्थाबाट अग्रिम लगिने रकम पेश्की हो । पेस्की लगिसकेपछि काम के भयो । कति खर्च भयो । त्यसको विवरण, बिल–भौचर

    • प्रकाशित मितिः कार्तिक १४, २०७५
    • १७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यात्रुमाथि मनपरि कहिलेसम्म ?

    दशैं मान्न गाउँ आएकाहरु धमाधम राजधानी फर्किदै छन् । राजधानी जाने सवारीहरुलाई यतिखेर छोइसक्नु छैन । तोकिएको भाडाभन्दा बढी असुली गरिरहेको यात्रुहरुले बताउँदै आइरहेका छन् । काठमाडौं पुगेर कार्यालय तथा अन्य काम भ्याउनु पर्ने भएकाले पनि जति भने पनि तिर्दै गइरहेका छन् । सरकारले तोकेको भाडादर यहीबेला उल्लङ्घन हुने गरेको छ । तर सम्बन्धित निकाय आँखामा पट्टी बाँधेर बसेको छ । सवारीहरुले यात्रुलाई लुटिरहँदा पनि प्रशासन मौन बस्नुले मिलिभगतको सम्भावना छ कि भन्ने आशङ्का उब्जाएको छ । अनुगमन तथा छड्के जाँचको अभावमा सर्वत्र फौबञ्जारी प्रवृत्ति मौलाएको छ । जसले जे गर्दा पनि हुने प्रवृत्तिले देशलाई गाँजेको छ

    • प्रकाशित मितिः कार्तिक १३, २०७५
    • १५६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपालका कारागार कहिले सुधार गृह हुने ?

    अन्तर्राष्ट्रिय मान्यता अनुसार कारागार सुधार गृहको रुपमा विकास गरिएको हुन्छ । जहाँ जानअन्जान भएको अपराधको सजाय भोग गरि समाजमा पुस्थापित भएको हुन्छन् । कारागार भनेकै अपाराधिलाई सुधारेर समाजमा पुनः स्थापित हुन सक्ने ठाउँको रुपमा लिइन्छ । नेपालको कानुनमा पनि यही कुरा लेखिएको छ । तर कानुनमा भए अनुसारको नेपालमा कारागार पाउन भने सकिदैन । प्रशासनले समेत अपराधीलाई झन बढि यातना दिएर सजाय भोगी सके पछि पुन त्यही कर्ममा लाग्न प्रेरित गर्ने किसिमको सजाय भोगाउन चाहेको जस्तो देखिन्छ जसले गर्दा नेपालमा कारागारको परिभाषा अनुसारको काम भएको छैन् । पछिल्लो समय मोरङ कारागारामा क्षमताभन्दा बढि कैदी बन्दी राखेर ए

    • प्रकाशित मितिः कार्तिक १२, २०७५
    • १६८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आम्दा अस्पताल जिम्मेवार वन

    मानव स्वास्थ्यका लागि अस्पतालजन्य फोहोर हानीकारक मानिन्छ । कुनै पनि अस्पतालले त्यस अस्पतालबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्नु उसको दायित्व हो । मानवबस्तीमा प्रतिकुल असर पर्ने गरी फोहोर फ्याँक्नु अस्पतालको गैरजिम्मेवारी हो । दमक—२ स्थित आम्दा अस्पतालले यस्तै गैरजिम्मेवारपुर्ण काम गरेको पाइएको छ । अस्पतालबाट निस्कने फोहोरको उचित व्यवस्थापन नगरेर वातावरण प्रदुषित बनेको स्थानीयले गुनासो गरेका छन् । अस्पताल आफै स्वास्थ्यप्रति गैरजिम्मेवार हुनु किमार्थ राम्रो होइन । सिरिञ्जलगायत प्लास्टिक, कपडा तथा धातुजन्य फोहोर मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक बस्तु हुन् । यसले सङ्क्रमण फैलाउने मात्

    • प्रकाशित मितिः कार्तिक ९, २०७५
    • १२२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कुम्मायक र तुम्बेवावासीको दुर्भाग्य

    दक्षिणी पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकामा खानेपानीको अभावले सिङ्गो बस्ती नै मानवविहीन बनेको समाचार सार्वजनिक भएको छ । नजिककै तमोर बगिरहदा यी गाउँपालिकाका केही गाउँका बासिन्दा काकाकुल बनेर आफ्नो थातथलो नै छाडेर अन्यत्र बसाइँ सर्न बाध्य हुनु विडम्बना हो । खानेपानीको समस्याले ५ सय ४५ घर अहिले रित्तो बनेको समाचार सार्वजनिक भएको छ। कुम्मायक गाउपालिकामा तीन सय ३५ र तुम्वेवा गाउपालिकामा दुई सय १० घर रित्तो मानवविहीन छन् । पानीकै कारण जग्गासमेत किनबेच नहुँदा त्यतिकै छाडेर यहाँ बासिन्दा अन्यत्र बसाइ सरेका छन् । पाँचथरका करिव २० हजार जनसंख्यामा चरम खानेपानीको अभाव झेल्दै गरेको तथ्याङ्क बाहिर आए

    • प्रकाशित मितिः कार्तिक ८, २०७५
    • १५३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved