अपराध

    Showing ८१-९० of १,१७६ items.
  • दुर्घटनामा युवककाे मृत्यु

     धरानः धरान उपमहानगरपालिका १३ अमरहाटमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । धरान–१३ अमरहाट चोक वडा कार्यालय छेऊमा भएको दुर्घटनामा को३ प ३३४ स्कुटीका चालक धरान–१३ बस्ने २७ वर्षीय सविन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । मृतक राई अमर सेवा समाजका आजिव सदस्य रविन रुम्दालीका जेठा छोरा भएको बताइएको छ । शनिवार विहान विपरित दिशाबाट आउदें गरेको को३७प ७७३ नम्बरको मोटरसाइकलसँग ठक्कर खाएको थियो । धरानबाट धनकुटा जाँदै गरेको ना७ख १८२५ को ट्रकको मुनि स्कुटी बसे पछि राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते राईलाई धरानस्थित वीपी कोइराला

    • प्रकाशित मितिः आश्विन ४, २०७६
    • १३४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गैह्रनेपालीलाई नागरिकता प्रकरण: ४६ लाई पक्राउ पुर्जी

    धरान । गैह्रनेपालीलाई नागरिकता दिएको आरोप लागेका कर्मचारी, वडाअध्यक्ष, टोली प्रमुख, स्थानीय, एजेण्ट गरी ४६ जनाको नाममा प्रहरी कार्यालय झापाले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाबाट १६ जना गैह्रनेपालीलाई नागरिकता दिएको घटनामा झापा जिल्ला अदालतबाट पुर्जी जारी भएको हो । अदालतबाट भदौ १३ गते जिल्ला प्रहरीले पक्राउ अनुमति प्राप्त गरेको थियो । पत्रका आधारमा खटिएको प्रहरी टोलीले सोहीदिन प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपाने, बिर्तामोड नगरपालिका–८ नम्बर वडा कार्यालयका वडासचिव लोकराज बराल, बिर्तामोड–५ का टेकबहादुर गुरुङ, भद्रपुर–१० का प्रेम तिम्सिना

    • प्रकाशित मितिः आश्विन ४, २०७६
    • १३४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विर्तामोड– ८ का वडा अध्यक्षसहित ४६ जना विरुद्ध पक्राउ पूर्जी

    धरान / गैर नेपालीलाई नागरिकता दिएको आरोप लागेका कर्मचारी, वडा अध्यक्ष, टोली प्रमुख, स्थानीय, एजेन्ट गरी ४६ जनाको नाममा प्रहरी कार्यालय झापाले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाबाट १६ जना गैर नेपालीलाई नागरिकता दिएको घटनामा झापा जिल्ला अदालतबाट पुर्जी जारी भएको हो । अदालतबाट भदौ १३ गते जिल्ला प्रहरीले पक्राउ अनुमति प्राप्त गरेको थियो । पत्रका आधारमा खटिएको प्रहरी टोलीले सोहीदिन प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपाने, बिर्तामोड नगरपालिका ८ नम्बर वडा कार्यालयका वडा सचिव लोकराज बराल, बिर्तामोड ५ बस्ने टेकबहादुर गुरुङ, भद्रपुर १० बस्ने प्रेम तिम्सिना र भद्रपुर

    • प्रकाशित मितिः आश्विन २, २०७६
    • ६३ पटक पढिएको
    • उत्तम नेपाल
  • जघन्य अपराधमा बालबालिका

    विराटनगर/ विराटनगर–११ का १४ वर्षीय कुहिरा भन्ने विशाल सहनीसहित पाँचजनाको समूहले विराटनगर–१९ का राहुल भगतलाई पेट र छातीमा छुरा प्रहार गरेर गतवर्षको कार्तिक २ गते दशैंको बेला हत्या गरे । विशालको समूहले चाडपर्वको अवसर पारेर लागेको मेला घुम्ने क्रममा दुव्र्यवहार गरेको रिस फेर्न भगतको हत्या गरेका थिए । हत्यामा संलग्न पाँचै जना बालक थिए । प्रहरीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएको थियो । कलिला बालबालिकाहरू जघन्य अपराधका घटनामा कसरी संलग्न भइरहेका छन् भनेर देखाउने प्रतिनिधिमूलक घटना हो यो । पछिल्लो समय बालबालिकाहरू जघन्य प्रवृत्तिका अपराधमा संलग्न हुने क्रम बढिरहेको छ । बाल अवस्था एकद

    • प्रकाशित मितिः आश्विन १, २०७६
    • २४३ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • अक्करको भिरबाट बोलेरो खस्यो

    धरान  / खाँदबारीबाट धरानतर्फ बिरामी लिएर आउदैं गरेको बोलेरो जीप हिजो राती दुर्घटना भएको छ । हिजो राती करिव १०ः३०ज्ञण्।घण् बजे सङखुवासभाको चैनपुर नगरपालिकास्थितअक्करको भिरबाट खसेको प्रहरीले जनाएको छ । गाडीमा सवार मध्य ६ जना बेपत्ता भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी मीन लामसहितको टोली घट्नास्थल गएको छ । अविरल बर्षाका कारण उनीहरुसँग पनि सम्पर्क नभएको र गाडी नं. समेत नखेलेको जिल्ला प्रहरी कार्यलयका सञ्चार शाखाले जनाएको छ । थप विवरण अाउन बाँकी ..

    • प्रकाशित मितिः आश्विन १, २०७६
    • ४७९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विप्लवका जिल्ला सेक्रेटरीसहित आठ जना कार्यकर्ता सार्वजनिक

    भद्रपुर / नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरीसहित पक्राउ गरेका आठ जना कार्यकर्ताको नाम सार्वजनिक गरेको छ । जिल्लामा श्रृङ्खलाबद्ध बम विस्फोट गराएको आरोपमा प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको थियो । विप्लव कार्यकर्तासँग बरामद गरिएका हातहतियार, चन्दा रसिद, पार्टीका दस्ताबेजलगायतका सामग्रीसहित मङ्गलबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो ।१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी कार्यालय झापाले संयुक्त अभियान चलाएर विप्लवका बम बनाउने व्यक्तिसहित आठ जना पक्राउ परेको जिल्लाका एसपी दिनेशराज मैनालीले जानकारी

    • प्रकाशित मितिः भदौ ३१, २०७६
    • ११० पटक पढिएको
    • उत्तम नेपाल
  • ज्ञानेन्द्र शाहीमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण

      काठमाडाैं / राष्ट्रियसभाको आज बैठकमा सांसद चक्रप्रसाद स्नेहीले प्रमुख राजनीतिक दलका शीर्ष नेता र जननिर्वाचित संस्थामाथि गालीगलोज गर्ने ज्ञानेन्द्रबहादुर शाहीमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन । आजको बैठकको शून्य समयमा उनले भने,“लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्नेलाई कारवाही हुनुपर्छ । शीर्ष नेता र जननिर्वाचित संस्थामाथि जे पायो त्यही बोल्न कसैलाई छुट छैन ।” सांसद खिमकुमार विश्वकर्माले सर्वाेच्च अदालतबाट एनसेलको लाभकर सम्बन्धी फैसलामाथि सरकारले पुनर्विचार गर्न आवश्यक रहेकामा जोड दिँदै यससम्बन्धमा सरकारको धारणा सार्वजानिक गर्न माग गरे । सांसद कविता बोगट

    • प्रकाशित मितिः भदौ ३१, २०७६
    • २११ पटक पढिएको
    • रासस
  • लागुऔषधसहित धरानबाट एक पक्राउ

    धरान / इलाका प्रहरी कार्यालय धरानले लागु औषधसहित एक जनालाई धरान– १२ स्थित कलेजरोडबाट पक्राउ गरेको छ । धरान–१४ का ४१ बर्षीय कमल भुजेललाई हिडिरहेका बेला संका लागि प्रहरीले चेकजाँच गर्दा उनको साथबाट रेनकोट भित्र लुकाई राखेको अवस्थामा स्पास्मो प्रोक्सिभन प्लस २८ क्यापसुल, दुई बोतल भरी रहेको र एक बोतल खली समेत ३ बोतल डाईलेक्स डिसि फेला परेको इलाका प्रहरी कार्यालयका डिएसपी ढु(डीराज न्यौपानेले जानकारी दिए । आजै जिल्ला अदालत सुनसरीबाट बाट म्याद थप भई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । उनले हिजो साँझ पक्राउ गरिएको थियो ।

    • प्रकाशित मितिः भदौ ३१, २०७६
    • १५४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वीपी प्रतिष्ठानको नसिंङमा अध्ययनरत छात्राद्वारा आत्महत्या

    धरान / धरानस्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विएसी नर्सिङमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन् । विराटनगर घर भएकी बिएस्सी नर्सिङ पहिलो बर्षमा अध्ययनरत १९ बर्षीय अञ्जना देवले आज बिहान होस्टलमै झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । आत्महत्या गर्नुको कारण खुलेको छैन । देवसँग बस्ने साथीको बिहान डिउटी भएका कारण उनी होस्टेलमा एक्लै थिइन । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार अञ्जना साढे ६ बजेतिर होस्टल रुमबाट निस्केए पनि उनी पुनः कोठामा फर्किएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले सलको पासो लगाएर आत्महत्या गरेकी थिइन

    • प्रकाशित मितिः भदौ ३१, २०७६
    • १,०६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बालिकालाई यौनधन्दामा लगाउने पक्राउ

    इटहरी/ १४ वर्षीया बालिकालाई जबरजस्ती यौनधन्दामा लगाउनेहरूलाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक प्रलोभनमा पारेर भोजपुर घर भएकी १४ वर्षीया बालिकालाई इटहरीको दियालो होटलमा यौनधन्दा गराउन बाध्य बनाउने एक युवतीसहित २ जना युवकलार्ई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीले होटल चेकजाँचको क्रममा दियालो होटलबाट १४ वर्षीया बालिकालाई उद्धार गर्दै ३ जनालाई पक्राउ गरेको हो । लामो समयदेखि यौनधन्दाले बदनाम हुँदै आएको इटहरीको दियालो होटलमा पुनः यौनधन्दा हुने गरेको भन्दै प्रहरीले छापामार्दा उनीहरू पक्राउ परेका हुन् । बालिकालाई काममा लगाइदिने भन्दै इटहरी ल्याइएको इलाका प्र

    • प्रकाशित मितिः भदौ ३१, २०७६
    • ३३७ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved