अपराध

    Showing ७१-८० of १,१७६ items.
  • राजापाका नेता र इन्जिनियर जेल चलान

    काठमाडौं ।  कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार गोइत जेल चलान भएका छन् । उच्च अदालत जनकपुर राजविराज इजलाशले भदौ ३० गते थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न दिएको आदेशअनुसार अदालतमा हाजिर भएका गोइतलाई राजविराज कारागारमा थुनामा पठाएको हो । जिल्ला अदालतको आदेशमा गत जेठ ६ गते उनलाई चार लाख धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा भएका गोइत हिजो जेल चलान भएका हुन । जिल्ला अदालतको बेरितको आदेश बदर गर्दै गोइतले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । उच्च अदालत जनकपुर राजविराज इजलाशले

    • प्रकाशित मितिः आश्विन ८, २०७६
    • १३५ पटक पढिएको
    • रासस
  • ३ दिनमा ४४ घरमा चोरी

    ३ दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिए । यसरी चोरी भएका स्थानमा गुल्मीदरबार–१ अन्तर्गत बलीथुममा आठ र वडा नं २ अन्तर्गत जुभुङको झिरबासमा २१ गरी २९ घरमा चोरी भएको छ भने रेसुङ्गा–१३ अन्तर्गत दुबीचौरमा १५ घरमा चोरी भएको वडाध्यक्ष खुमबहादुर खत्रीले बताए ।रातिको समयमा चोरी गर्दै आइरहेका व्यक्तिहरुले कतिपय घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडी घरभित्र पसेर दराज र अटेजी फुटाइ नगद, गरगहाना

    • प्रकाशित मितिः आश्विन ८, २०७६
    • १७८ पटक पढिएको
    • रासस
  • यौनधन्दामा संलग्न तेस्रोलिङ्गी पक्राउ

    इटहरी/ इटहरीमा तेस्रोलिङ्गी र समलिङ्गीले खुला आकासमुनि ग्राहकसँग यौनधन्दा गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् । यौनधन्दा गराएको आरोपमा इटहरी प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । बाटोमा हिँड्दै गरेका यात्रुहरूलाई यौन अफर गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । देह व्यापारमा संलग्न हुनु पनि समलिङ्गीको बाध्यता रहेको एक तेस्रो लिङ्गीले बताए । खान, बस्न समेत समस्या भएको कारण यस्तो व्यवसायमा लागेको उनको भनाइ छ । मध्यरातसम्म इटहरी तथा आसपासमा यौनसम्पर्क गराउँदै हिँड्ने तीनजना तेस्रोलिङ्गीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी क

    • प्रकाशित मितिः आश्विन ८, २०७६
    • ८४१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘चारदेखि १८ वर्ष उमेर समूहका बालिका हिंसाको सिकार’

      काठमाडाैं / मुलुकमा चारदेखि १८ वर्ष उमेर समूहका बालिका बढी हिंसाको सिकार भएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको आज ‘जबर्जस्ती करणीमा परेका महिलाको मानवअधिकार एवं न्याय पहुचमा नेपाल प्रहरीको जवाफदेहिता अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम’ मा नेपालमा उक्त उमेर समूहका बालिका हिंसाको सिकार भोग्न बाध्य भएको बताइएको हो । आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा रहेका दलित, जनजाति, मुस्लिम र अपाङ्गता भएका बढीजसो बालबालिका हिंसाको सिकार भोग्न बाध्य भएका बताए । उनले भने, “समाजमा नेपाल प्रहरी र सर्वसाधारण जनताबीच थप सुमधुर सम्बन्ध विस्तार हुँदै गएमा हिंसाको घटना न्यून

    • प्रकाशित मितिः आश्विन ६, २०७६
    • ७९ पटक पढिएको
    • रासस
  • स्कुलमा बम पट्काउने विप्लव कार्यकर्ता पक्राउ

    इटहरी /  इटहरी तथा विभिन्न विद्यालयमा बम प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको रिजनल इन्भेष्टिगेशन टिम (रिट) र इटहरी प्रहरीको संयुक्त टोलीले विप्लव समुहको सुनसरी इन्र्चाजसहित दुईजनालाई पक्राउ गरेको छ ।इटहरी १७ बालग्रामबाट विप्लव समुहका सुनसरी इन्र्चाज बिश्वास भनिने लक्ष्मण पौडेल र जिल्ला सेक्रेटरी सन्देश भनिने सन्तोष बिष्ट पक्राउ परेका हुन् । साथबाट प्रहरीले महत्वपूर्ण कागजात र लेटरप्याड बरामद भएको जनाएको छ । लामो समय देखि विभिन्न क्षेत्रमा चन्दा आतंक सँगै बम हानेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका बिष्ट भदौ १९ गते इटहरी

    • प्रकाशित मितिः आश्विन ६, २०७६
    • १०४ पटक पढिएको
    • धनबहादुर पुरी
  • खैरो हेरोईन सहित इटहरीमा ३ जना पक्राउ

    ब्लाष्टखबर । लागुऔषध खैरो हेरोईन सहित इटहरीमा ३ जना पक्राउ परेका छन् । इटहरी उपमाहानगरपालिका वाडा नम्बर १२ बाट १ ग्राम १८० मिलिग्राम लागुऔषध खैरो हेरोईन सहित सोहि ठाउमा बसोबास गर्ने सुन्दरहरैचा नगरपालिका वाडा नम्बर ६ का ४९ वर्षीय तिर्थबहादुर तामाङ, केराबारी गाउँपालिका वाडानम्बर ७ का २९ वर्षीय लालबहादुर कार्की र ३९ वरिबहादुर ठाडा मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । विशेष सुचनाका आधारमा कार्यालयबाट खटिएको टोलीले लागुऔषधसहित पक्राउ गरेको उनिहरुमाथि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।  

    • प्रकाशित मितिः आश्विन ६, २०७६
    • ४०४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अबैध लागु औषधसहित एक पक्राउ

    धरान  / इलाका प्रहरी कार्यालय धरानले हिजो राती लागु औषधसहित एक युवालाई धरानबाट पक्राउ गरेको छ । धरान–८ स्थित तिनकुनेमा चेकजाँचको क्रममा धरान–१७ का २० बर्षीय साजन श्रेष्ठले पक्राउ गरेको हो । बिराटनगरबाट धरान आउदै गरेको बसमा सवार निजले लगाएको सेतो टिसर्टले छोपी कम्मरको भागमा कालो रंगको पोलिथिन झोला भित्र अबैध लागु औषध नाइट्रोसन नाईट्रोसन १०० ट्याब्लेट फेला परेको इप्रका धरानका डिएसपी ढसण्डीराज न्यौपानेले जानकारी दिए । पक्राउ परेका श्रेष्ठमाथि थप अनुरन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः आश्विन ६, २०७६
    • १२१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दाजुलाई खुकुरी प्रहार गरी आत्महत्या

    इलाम/ इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् । दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर एक्कासि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिनुभयो । घाइतेको बाँया आँखाको माथि कञ्चटमा काटिएको र दाहिने कानको छेउमा बाहिरी चोट लागेको छ । घटनालगत्तै पुगेको प्रहरी चौकी बन्दुकेका प्रहरीको सहयोगमा उनको उपचार गर्न इलाम अस्पताल ल्याइएक

    • प्रकाशित मितिः आश्विन ६, २०७६
    • १४७ पटक पढिएको
    • रासस
  • इटालियन पेस्तोलसहित विप्लवका सेक्रेटरी पक्राउ

    भोजपुर/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरी बम बहादुर विष्ट हतियारसहित पक्राउ परेका छन् । विष्ट आइतबार दिउँसो १ बजे भोजपुर नगरपालिका–१० भैसिपंखा स्थित गजुरमुखी भीर नजिकैको जंगलबाट पक्राउ परेका हुन । पक्राउ परेका विष्टको साथबाट २ थान अटोमेटिक ईटालियन पेस्तोल , प्लाष्टिक ह्याण्ड ग्रिनेड बरामद गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । प्रजिअ खतिवडाका अनुसार विष्टको साथ बाट १ पेस्तोलमा ६ राउण्ड लोड गरिएको गोली र अर्को पेस्तोलबाट ४ राउण्ड लोड गरिएको गोली बरामद गरिएको छ । उन्को साथबाट १२ थान समिकार्ड ,२ वटा मोवाईल र पार

    • प्रकाशित मितिः आश्विन ६, २०७६
    • १३४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • केरा घारीमा युवतीमाथि सामुहिक बलात्कार, चार जना पक्राउ

    विराटनगर /  मोरङको सुन्दरहरैचा नगरपालिका – १ की १७ वर्षीय एक किशोरीलाई केरा घारीमा लगेर सामूहिक बलत्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । शनिबार साढे ९ बजे राती मोरङको ग्रामथान गाउँपालिका – ७ स्थित बिचारी खनालको केरा घारीमा लगेर ती कोशरीलाई चारजना युवाले सामुहिक बलत्कार गरेका थिए । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ग्रामथान गाउँपालिका – ५ का २० वर्षीय सुरेश थानदार, सोही ठाउँका २५ वर्षीय कमल पुरी, २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षीय प्रकाश कुमार थारुलाई पक्राउ गरेको हो । पीडित पक्षले इलाका प्रहरी कार्यालय हरैचामा उजुरी दिएपछि प्रहरीको टोलीले उनीहरूलाई पक्राउ

    • प्रकाशित मितिः आश्विन ५, २०७६
    • ६०१ पटक पढिएको
    • अनिल श्रेष्ठ

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved