अपराध

    Showing ३१-४० of १,१७६ items.
  • हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

     सप्तरी /   सप्तरीमा एक ज्येष्ठ नागरिकको हत्या आरोपमा उनकी श्रीमती र छोरा आज पक्राउ परेका छन् । कुटपिटबाट मृत्यु भएपश्चात् फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ । आइतबार राति मदिरा सेवन गरेका नइम र जमुनीको कुटपिटबाट ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु भएको बताइएको छ । गफुरलाई उनकै श्रीमती जमुनी र कान्छा छोरा नइमले कुटपिट गरी हत्या गरेको भन्दै मृतकका भाइ मो. इसराइल पमरियाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प

    • प्रकाशित मितिः आश्विन २२, २०७६
    • १३९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • महोत्तरीका बस्तीमा बँदेल आतङ्क

    बडादशैँ पर्वमा रमाउने बेलामै जङ्गली बँदेलले बाली सखाप पार्दै उधुम मच्चाएपछि महोत्तरीका किसान हैरान भएका छन् । पर्वको तयारीमा घरतिर व्यस्त रहेको बेलामा जङ्गली बँदेलको हुल नै खेतबारी पसेर बाली सखाप पारेपछि यहाँका किसान हैरान भएका हुन् । दशैँकै बेला जिल्लाका भङ्गाहा, गौशाला र बर्दिवास नगरपालिकाका बस्तीमा बँदेल आतङ्क बढेको छ । पछिल्ला तीन दिनयता १०/१२ को सङ्ख्यामा बारी पसेका बँदेलले चार कट्ठाभन्दा बढीको कोभी तरकारीका हुर्कदो बिरुवा उखेलेर र माडेर मैदान बनाएको भङ्गाहा–४ का किसान चन्देश्वर राय दनुवारले बताउनुभयो । भङ्गाहा नगरपालिकाको रामनगर, थारुटोलबनरा, प्रेमनगर, सीतापुर धतियाटोल र राजपुरमा

    • प्रकाशित मितिः आश्विन २०, २०७६
    • ११३ पटक पढिएको
    • रासस
  • सीमावर्ती जिल्लामा बालबालिका बेचबिखन

    धरान / भारतीय सीमासँग जोडिएका जिल्लाबाट सबैभन्दा बढी बालबालिका बेचबिखन तथा ओसारपसार भएको पाइएको छ । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार खासगरी बाँके, सर्लाही, कञ्चनपुर, सप्तरी, सिराहा, सुनसरी, नवलपरासी, दोलखा, चितवन, सुर्खेत, दाङ, बैतडी लगायतका जिल्लामा बालबालिकालाई विभिन्न प्रलोभनमा पारी बेचबिखन तथा ओसारपसार गर्ने गरेको पाइएको छ । परिषद्ले आर्थिक वर्ष २०७५÷७६ मा बाल विवाहसम्बन्धी विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषण भएका सामग्री अध्ययन प्रतिवेदन हेर्दा सो अवधिमा विभिन्न ९६ बालबालिका बेचबिखन तथा ओसारपसारमा परेका छन् । यस अवधिमा सबैभन्दा बढी तेस्रो चौमासिकमा ७७ बालबालिका बेचबिखन तथा

    • प्रकाशित मितिः आश्विन २०, २०७६
    • १५ पटक पढिएको
    • रासस
  • मध्य दशैमा महराकाे हिरासत यात्रा

    काठमाडाैं ।धेरैका लागि अकल्पनीय तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छरपष्ट ‘बलात्कार प्रयासको मुद्दा’ मा पूर्वसभामुख कृष्णबहादुर महरा अनुसन्धानका लागि बडा दशैँको अष्टमीका दिन प्रहरी हिरासतमा राखिएकाे छ । महरालाई उहाँले यसअघि सभामुख हुँदा प्रयोग गर्नुभएको बालुवाटारस्थित सरकारी निवासबाट हिजाे साँझ करीब ६ः३० बजे सादा पोशाकमा गएका प्रहरीले पक्राउ गरी उहाँको निजी सवारीसाधनमा राखेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा ल्याएका थिए । उक्त वृत्तमा समाचार सङ्कलनमा लागि साँझ पुगेका केही सञ्चारकर्मीलाई ‘सोमबार बिहान आउनु’ भनी फर्काइएको थियो । वृत्त परिसर बाहिर उहाँका कार्यकर्ता वा शु

    • प्रकाशित मितिः आश्विन २०, २०७६
    • १५१ पटक पढिएको
    • प्रकास सिलवाल
  • बलात्कार आरोप लागेका कृष्णबहादुर महरा पक्राउ

    ब्लाष्टखबर । संसद सचिवालयकी कर्मचारीलाई बलातकार गरेकाे अभियाेग लागेकाे निवर्तमान सभामुख कृष्णबहादुर  पक्राउ परेका छन् । शुक्रबार जाहेरी परेपछि काठमाडौं जिल्ला अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएसंगै महरा रहेकाे बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट उनलाई  प्रहरीले नियन्त्रणमा लिएको हाे । पीडित भनिएकी राेशनी राहीले  महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी थिइन् ।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

    • प्रकाशित मितिः आश्विन १९, २०७६
    • १,१२८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दर्दनाक बलात्कारः इटहरीमा एक बर्षमा २६ जना बलात्कृत

    इटहरी । सोमबार राति इटहरीमा एक युवतीलाई पाँचजनायुवाको समूहले सामूहिक बलात्कार गरे । कोसी राजमार्ग अन्तर्गत विराटनगर लाइनको साथी पेट्रोल पम्पनजिकै गाडीमा कामगर्ने युवाहरूलेतीयुवतीमाथिबलात्कार गरेका थिए । बलात्कारमा परेकी पीडित युवतीले प्रहरीलाई जानकारी दिएपछि पाँचमध्ये तीनजना र एक सहयोगीलाई प्रहरीले पक्राउ गरि सकेको छ । इटहरीको मुख्यचौकमा सामुहिक बलात्कारको घट्ना इटहरीमा दर्दनाक बन्दै गएको प्रहरी तथ्याङकले देखाउँछ । पक्राउ पर्नेहरूमा सुन्दर हरैंचा नगरपालिका–१२ का चालक विकास कसाई, झापा सुरुङ्गानगरपालिका–४ का सुरज थापा, सिराहालहाननगरपालिका–४ का सुरेन्द्र भुजेल छन्। बेलबारी

    • प्रकाशित मितिः आश्विन १९, २०७६
    • १०० पटक पढिएको
    • धनबहादुर पुरी
  • दशैको मुखमा दलबहादुर जेलमा

    भोजपुर / कुटपिट बाट छिमेकीको मृत्यु भए पछि भोजपुर नगरपालिका १० भैसी पंखाका शंखराज भनिने श्रीकृष्ण राईलाई प्रहरीले पक्राउ गरेको छ । भैसी पंखा स्थित जिमि गाउँका स्थानीय ६३ वर्षीय दलबहादुर राईको मृत्यु भए पछि उनलाई पक्राउ गरिएको हो । मृतक राई माथी बुधबार आफ्नै घरको सिकुवामा आराम गर्दै बसिरहेका बेला कुटपिट भएको मृतकका परिवारले बताएका छन् । बाथ रोगका विरामीसमेत रहेका दलबहादुरलाई मादक पदार्थ सेवन गरि श्रीकृष्णले आँखाको डिलमा मुक्का प्रहार गरेका थिए । मुक्का प्रहार पछि झारफुक गराई रहेका राईको शुक्रबार मृत्य भए पछि आज श्रीकृष्णलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक नरबह

    • प्रकाशित मितिः आश्विन १८, २०७६
    • ८७ पटक पढिएको
    • सन्देश किराती
  • स्यालको टोकाइबाट छ घाइते

    सप्तरी /  सप्तरीको लालपुरमा बहुला स्यालको आतंक मच्चिएको छ । स्यालकाे टोकाईबाट आधा दर्जन व्यक्ति घाइते भएका छन् । जिल्लाको खडक नगरपालिका–११ लालपुरमा शुक्रबार राति एक्कासी गाउँ पसेको बहुला स्यालले आक्रमण गर्दा स्थानीय ४० वर्षीया गुलावीदेवी रौनियार, २५ वर्षिया अमेरिकादेवी साह, ओमप्रकाश साह र आड वर्षीय छोरा गोविन्द साहलगायत अन्य दुई गरी छ घाइते भएको स्थानीयवासी वीरेन्द्र साहले जानकारी दिए ।घाइते अन्यको नाम खुल्न नसकेको जानकारी दिँदै स्यालको टोकाइबाट घाइते भएका उनीहरुको कल्याणपुरस्थित एडभान्स अस्पतालमा उपचार भइरहेको स्थानीयवासी साहले बताए । यता, आक्रमण गर्ने बहुला स्यालको खोजीकार्य भइरहे

    • प्रकाशित मितिः आश्विन १८, २०७६
    • ९४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रहरीले बिष्फोटक पदार्थको जालो ताड्दै

    विराटनगर /  प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले प्रदेश १ को विभिन्न जिल्लाहरूमा ठूलो परिणाममा भण्डारन गरि राखिएको बिस्फोटन पद्धार्थ एक पछि अर्का गर्दै प्रहरीले बरामद गरेको छ । विप्लप समूहले झापाको अर्जुनधारा – १ मा भण्डारण गरेर राखिएको २५ किलो विष्फोटक पदार्थ बरामद गरको एक महिना बित्न नपाउँदै मोरङ प्रहरीले ठूलो परिणाममा ४३ थान जिलेटिन बिस्फोटक पद्धार्थ शुक्रबार बरामद गरेको हो । प्रहरीले विप्लप समूहका मोरङ सेक्रेटरी बुढीगंगा गाउँपालिका– ३ बस्ने कुमार खतिवडालाई शुक्रबार विराटनगर – ४ इक्राहीबाट पक्राउ गरेपछि सोही दिन साढे सात बजे बिस्फोटक पद्धार्थ बरामद गरि

    • प्रकाशित मितिः आश्विन १८, २०७६
    • ४१२ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • गुण्डागर्दीको आरोपमा धरानका श्रीसुब्बासहित चार पक्राउ

    धरान / होटलका कर्मचारी र प्रहरीमाथि आक्रमणको आरोपमा धरानका श्री सुब्बालाई प्रहरीले पक्राउ गरेको छ । धरान १५ बगरकोटस्थित भिन्टेज लाउञ्ज एण्ड बारबाट प्रहरीले सुब्बालाई आज मध्य राती नियन्त्रणमा लिएको हो । राती साढे ११ बजेसम्म पनि बारबाट निस्कन नमाने पछि बारका बाउन्सर, सेक्युरिटी गार्डले निस्कन आग्ह गर्दा उत्टै धम्काएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका प्रहरीमाथि पनि उनले अभद्र व्यवहार गरेका कारण नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनीसँगै प्रहरीले अन्य तीन जनालाई नियन्त्रणमा लिएको छ । अन्य पक्राउ पर्नेमा धरान–१७ का मिलन राई,

    • प्रकाशित मितिः आश्विन १८, २०७६
    • ४७९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved