अपराध

    Showing १-१० of १,१७६ items.
  • पानीपियामा दुर्घटना

    इटहरी / इटहरी उपमहानगरपािलका –२ पानीपियामा दुर्घटना भएको छ । कोशी राजमागृको धरानबाट इटहरी तर्फ जादैं गरेको को ३६ झ ६८१७ नम्बरको कारलाई सोही दिशाबाट आउदै गरेको को ३६ प ३८४७ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार धरान १६ की शोभा राई घाइते भएकी प्रहरीले जनाएको छ । उनको हात र खुट्टामा चोट लागेको छ । धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । कार र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः आश्विन ३०, २०७६
    • ६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यौन दुव्यवहार गरेको आरोपमा प्रहरी अधिकृत पक्राउ

    धरान । प्रशिक्षार्थीमाथि यौन दुर्व्यवहार गरेको अरोपमा तालिम केन्द्रका सई पक्राउ बाँके । नेपालगञ्जस्थित प्रदेश प्रहरी तालिम केन्द्रभित्रै युवतीमाथि यौन दुर्व्यवहार भएको तालिम केन्द्रकै प्रशिक्षक असईमाथि आरोप लागेको छ । आइतबार अपरान्ह ३ बजे महिला ब्यारेकभित्र प्रशिक्षार्थीमाथि यौन दुर्व्यवहारको प्रयास भएको भन्दैं ती महिला प्रहरीले उजुरी दिएकीछन् । उजुरी लगतै प्रहरीले तालिम केन्द्रमै कार्यरत सई बमबहादुर रानालाई गरि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए ।  

    • प्रकाशित मितिः आश्विन ३०, २०७६
    • ९२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तास र नगदसहित ५ जना पक्राउ

    उदयपुर / तास खेलिरहेको अवस्थामा उदयपुरमा तास र नगदसहित पाँच जना पक्राउ परेका छन् । चौदण्डीगढी नगपालिका–६ बगरकोटका देवनारायण साहको घरमा तास खेलिरहेको अवस्थमा पक्राउ परेका हुन् । साहका घरको कोठामा तास खेल्दै गरेको विशेष सुराकीको आधारमा सुचना प्राप्त भए पछि इलाका प्रहरी कार्यालय बेल्टारको प्रहरी टोलीले ३ बुङ तास र १५ हजार एक सय नगदसहित पाँचजना मानिस पक्राउ गरेको प्रहरीले जनाएको छ । चौनपा–६ निबासी ४४ वर्षीय रामकुमार श्रेष्ठ, ४० वर्षीय पर्शुराम तामाङ, ३८ वर्षीय देवकुमार बराईली, ३५ वर्षीय देवनारायण साह र चौनपा–७ निबासी ४५ वर्षीय गोपाल कटुवाल पक्राउ परेको प्रहरीले जनाएको छ । पक

    • प्रकाशित मितिः आश्विन २९, २०७६
    • ६७ पटक पढिएको
    • सिंह चाम्लिङ राई
  • भारू २ लाखसहित भारतीय पक्राउ

    विराटनगर/ इलाका प्रहरी कार्यालय रानी विराटनगरले दुई लाख भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले मङ्गलबार विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ नं. ढाटबाट नेपालतर्फ पैदल आउँदै गरेको भारत माधुगढ जालौन उमरी उत्तर प्रदेशका २४ वर्षीय आसुतोष सोनीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाबाट भारतीय रुपैयाँ बरामद गरेको थियो । बरामद गरेको पैसा आवश्यक कारबाहीको लागि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय पठाएको मोरङ प्रहरीले जनाएको छ । भारतीय ५ सय र २ हजार रुपैयाँको नोट नेपालमा प्रतिबन्ध छ । प्रहरीले सोनीको साथबाट भारू प

    • प्रकाशित मितिः आश्विन २९, २०७६
    • १०९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • हुण्डी कारोबारी सक्रिय

    विराटनगर/ मोरङ प्रहरीले हुण्डीको कारोबार गर्ने सुनसरी बर्जु गाउँपालिका–३ का २४ वर्षीय उमाकान्त रायलाई मङ्गलबार विराटनगरस्थित कञ्चरबारीबाट पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले उनको साथबाट नगद १० लाख रुपैयाँ पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिए । उनी विराटनगरस्थित गणपति मनि ट्रान्सफरमा काम गर्दछन् । विगतमा सहकारीको आडमा हुने गरेको हुण्डीको कारोबार अहिले मनि ट्रान्सफरलाई देखाएर हुने गरेको छ । हुण्डीमार्फत् अवैधरूपमा आर्थिक कारोबार भइरहेको र त्यसको ठूलो सञ्जाल फेरि सक्रिय भएको प्रहरीका अधिकारीहरू बताउँछन् । महानगर क्षेत्रमा ह

    • प्रकाशित मितिः आश्विन २९, २०७६
    • १३६ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • संखुवासभाबाट ५ केजी सुनसहित एक पक्राउ

    संखुवासभा / संखुवासभाको भाेटखाेला-२ लिङगाममा ५ केेेजी सुनसहित एक जना युवालाई प्रहरीले पक्राउ गरेकाे छ ।  खाँदबारी १ बस्ने २६ बर्षीय ताेप्चेन भाेटेलाई  प्रहरीले पक्राउ गरेकाे हाे । उसकाे साथबाट नगद ३८ हजार रूपैया समेत प्रहरीले बरामद गरेकाे छ ।  साेमबार चेपुवा प्रहरी चाैकिबाट खटिएका प्रहरीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएकाे थियाे । किमामाथांका नाकाकबाट  सुन भित्राएकाे प्रहरीले जनाएकाे छ ।

    • प्रकाशित मितिः आश्विन २८, २०७६
    • १०२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • घुमाउने वहानामा बलात्कार 

    धरान / घुम्ने वहानामा एक युुवतीलाई जंगलमा लगि बलात्कार गरि फरार रहेका धरान–५ देउरालीका मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ । १९ बर्षीय राईलाई गत असोज २६ गते देरालीबाटे नियन्त्रणमा लिई आज जिल्ला अदालत सुनसरीमा म्याद थप गरि अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् । खेटाङ घर भएका राईले गत भदौं १८ गते साँझ ती किशोरीलाई ललाई फकाई बोलाई बगरकोट घुम्ने बहानामा सेउती खोला जँगलमा लगी जवरजस्ती करणी गरेको पीडितले बताइकी छन् । पछिल्लो पटक भदौं २२ गते बुढासुब्बा मन्दिरमा पीडितलाई छाडी फरार भएको प्रहरीले जनाएको छ । ती बालिकाको स्वास्थ्य परीक

    • प्रकाशित मितिः आश्विन २८, २०७६
    • २,९५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • इटहरीमा भाईले दिदीलाई छप्काए, आफु पनि घाँटी रेटी आत्महत्याको प्रयास

    धरान  / सुनसरीको इटहरीमा आफ्नै भाइले खुकुरी प्रहार गरी दिदीलाई गम्भीर घाइते बनाएका छन् । इटहरी– १९ का २६ वर्षीय उदिप राईले ३१ वर्षीया दिदी मीनु राईलाई मंगलबार खुकुरी प्रहार गरेर घाइते बनाएका ह्ुन । दिदीलाई घाइते बनाएर आफु पनि घाटी रेटी आत्महत्याको प्रयास गरेका थिए । घाइते अवस्थामा उनको पनि उद्धार गरि दुवैलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भाई उदय मानसिक रोगी रहेको बताइएको छ । उदिपले एक्कासी दिदीमाथि खुकुरी प्

    • प्रकाशित मितिः आश्विन २८, २०७६
    • ५११ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ढल्केवर प्रहरीद्वारा सय बाेट अवैध गाँजा नष्ट

    सिरहा। धनुषा जिल्लाको धनुषा धनुषाधाम नगरपालिका वडा नं.६ हरिपुरमा बिशेष सुराकी को अधरमा लगाईएको अवैध गाँजा खेती फडानी गरेको छ । ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट इन्स्पेक्टर रामकुमार यादवको कमाण्डमा खटिगएको प्रहरी टोलीले धनुषाधाम नगरपालिका वडा नं.६ हरिपुरमा लगाइएको अबैध गाजा खेती नष्ट गरेको हो । अबैध रुपमा लुकाईछिपाई बडामा लगाईएको ९ सय अबैध गाँजाका बोट फडानी गरी नष्ट गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर रामकुमार यादवले बताए । इन्स्पेक्टर यादवले भने गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने समेत उनले व

    • प्रकाशित मितिः आश्विन २८, २०७६
    • १३४ पटक पढिएको
    • गणेश कुमार शर्मा
  • एक सय ३२ एम्पुल लागुऔषधसहित धरानका एक युवक पक्राउ

    ब्लाष्टखबर । एक सय ३२ एम्पुल लागुऔषधसहित धरानका एक युवक रानी भन्सार कार्यालयमा पक्राउ । धरान ५ देउरालीका २९ वर्षीय गणेशबहादुर तामाङलाई विराटनगर –१५ स्थित रानी भन्सार कार्यालयको १ नम्बर ढाटबाट एक सय ३२ एम्पुल लागुऔषधसहित प्रहरीले पक्राउ गरेकाे छ । भारतको जोगवनीबाट तिघ्रामा टेपले बाँधेर  ल्याउँदै गरेकाे अवस्थामा तामाङलाई सोमबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीले जनाएकाे छ । उनकाे साथबाट एभिल ४३, डाइजेल्याब ४३, लुपिजेसिक ४३ र फेनारगन ३ गरेर एक सय ३२ एम्पुल लागुऔषध बरामद भएको छ । तामाङलाई लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहर

    • प्रकाशित मितिः आश्विन २८, २०७६
    • ५६३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved